राजनीति


चीन–भारत सिमानामा चीनले ड्रोनबाट गस्ती गर्नसक्ने

चीन–भारत सिमानामा चीनले ड्रोनबाट गस्ती गर्नसक्ने

नेपालखबर
जेठ १२, २०७७ सोमबार ९:३६,

सिनो–इन्डिया बोर्डरमा चीनले हालै विकास गरेको हेलिकप्टर ड्रोन तैनाथ गर्नसक्ने ग्लोबल टाइम्सले जनाएको छ।

सिमानामा चिनियाँ सेनाले कडाइ गरिरहेको समयमा हालै हेलिकप्टर ड्रोन एआर५००सीको परीक्षण गरिएको थियो।

आवश्यक परेको खण्डमा ड्रोनबाट मिसाइल आक्रमण तथा गोलाबारी गर्न सकिन्छ।

China's Ziyan UAV Revealed A Super Weird Attack Drone At Langkawi ...

भारतीय सेनाले गालवान भ्याली क्षेत्रमा गतिविधि बढाएपछि आफूहरुले सिमानामा कडाइ गरेको चीनले बताएको छ।

भारतले भने आफ्नो भूमि लद्दाख र सिक्किमका क्षेत्रमा चीनले गतिविधि बढाएको आरोप लगाइरहेको छ।

केही समय अगाडिमात्र लद्दाख र सिक्किमको सिमानामा भारतीय र चिनियाँ सेनाबीच झडप भएको थियो।

त्यसबेला दुवैै देशका सेना घाइते भएका थिए। चीन र भारतको सिमानामा अवस्थित विवादित भूभागको विषयलाई लिएर दुवैदेशका सेनाबीच दोहोरिदै झडप हुने गरेको छ। हिन्दुस्तान टाइम्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad