समाज


अन्त्येष्टि गरेको एक हप्तापछि कन्ट्याक्ट ट्रेसिङ हुँदै, परीक्षणमा ढिलाइको कारण खाेज्दै मन्त्रालय

अन्त्येष्टि गरेको एक हप्तापछि कन्ट्याक्ट ट्रेसिङ हुँदै, परीक्षणमा ढिलाइको कारण खाेज्दै मन्त्रालय

नेपालखबर
जेठ १२, २०७७ सोमबार ९:३३,

बाराको ७० वर्षका पुरुषको मृत्यु भएको आठ दिनपछि कोरोना संक्रमणको पुष्टि भएपछि बल्ल उनीसँग सम्पर्कमा रहेका व्यक्तिहरुको कन्टयाक्ट ट्रेसिङको काम सुरु भएको छ।

दमका दीर्घरोगी ती व्यक्तिको जेठ ४ गते वीरगंजको नेसनल मेकिडल कलेजको निधन भएको थियो। उनको जेठ ५ गते अन्त्येष्टि गरिएको थियो।

‘निधन भएका व्यक्ति करैयामाई वडा नम्बर ७ को स्थायी बासिन्दा हुनुहुँदो रहेछ। सदगत गर्ने समयमा उहाँका चार जना छोराहरुले शव छुनु भएको रहेछ,’ बाराका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले भने, ‘मृतक कोरोना संक्रमित भएको पुष्टि भएपछि कन्टयाक्ट ट्रेसिङको काम भैरहेको छ। छोराहरु काजकिरियामा हुनुहुन्छ र अन्त्येष्टीमा जाने अन्य मलामीको पनि खोजी कार्य भैरहेको छ।’

दमका ती रोगीमा निमोनिया देखिएपछि कोरोनो भाइरसबाट संक्रमित हुनसक्ने भन्दै स्वाब संकलन गरिएको थियो।

सो स्वाबको दुई पटक वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा पनि नतिजा प्रष्ट नलागेपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

राष्ट्रिय प्रयोगशालाबाट सोमबार बिहान मात्रै मृतक कोरोना संक्रमित भएको रिपोर्ट वीरगञ्ज पुगेको थियो। त्यसलगत्तै मेडिकल कलेजलाई जानकारी गराएको थियो। तर त्यसअघि नै विरामीको मृत्यु भएर अन्येष्टी भैसकेको थियो।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले रिर्पोट आउन भएको ढिलाईको बारेमा बुझ्ने कुरा भैरहेको जानकारी दिए।

‘मृत्यु भएको व्यक्तिको कोरोना संक्रमण भएको परीक्षणमा किन ढिलाइ भएको हो त्यस विषयमा जानकारी माग गरेका छौं,’ अधिकारीले भने, ‘सबैबाट विवरण आएपछि के भएको हो जानकारी गराउने छौं।’

सरकारले कोरोना संक्रमित व्यक्तिको मृत्यु भएका अन्त्येष्टी गर्ने निश्चित कार्यविधि तयार पारेको छ।

तर बाराका निधन भएको चौथो कोरोना संक्रमित व्यक्तिको सदगत गर्दा कुनै कार्यविधि अनुसरण गरेको देखिएको छैन।

जनस्वास्थ्य विज्ञ डा. शरदराज वन्तले यो घटनाले स्वास्थ्य क्षेत्रमा रहेको प्रक्रियागत ढिलासुस्तीलाई उजागर गरेको बताए।

‘यसले प्रणालीगत सुस्ती देखाउँछ। वीरगञ्ज वा नेपालगञ्ज जस्ता यातायातको कुनै समस्या नभएका ठाउँमा यतिका समय नलाग्नु पर्ने हो,’ वन्तले भने, ‘ढिलासुस्ती किन भएको हो खोजी गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad