राजनीति


अख्तियारबारे बालेन: ‘५ घण्टा सोधपुछ मात्र होइन ५ वर्ष सरसल्लाह गरिन्छ’

अख्तियारबारे बालेन:  ‘५ घण्टा सोधपुछ मात्र होइन ५ वर्ष सरसल्लाह गरिन्छ’

नेपालखबर
असार ७, २०८३ आइतबार १८:५०, काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक अनियमितता गर्नेविरुद्ध थप आक्रमक हुने संकेत दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन उदघाटन सभालाई सम्बोधन गर्दै उनले सरकारी सम्पत्तिको दोहन भएको विषयमा 'निहुँ खोज्नुपरे खोज्ने' बताए। 

आफ्नो दललाई विकासवादी भन्दै उनले सरकारी सम्पत्तिको दोहन भएको छ भने निहुँ खोज्न जरुरी भएको बताए। उनले सरकारको लाइन अतितमुखी भन्दा भविष्यमुखी भएको बताए।

प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाहले आर्थिक अनियमितता गर्नेविरुद्ध थप आक्रमक हुने संकेत दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन उदघाटन सभालाई सम्बोधन गर्दै उनले सरकारी सम्पत्तिको दोहन भएको विषयमा निहुँ खोज्नुपरे खोज्ने बताए। 

आफ्नो दललाई विकासवादी भन्दै उनले सरकारी सम्पत्तिको दोहन भएको छ भने निहुँ खोज्न जरुरी भएको बताए। उनले सरकारको लाइन अतितमुखी भन्दा भविष्यमुखी भएको बताए।

उनले आफ्नो पार्टी विकासवादी भएको जनाए। ‘हाम्रो पार्टीको चिन्तन कस्तो हो, लेफ्ट हो, राइट हो, सेन्टर के हो भन्ने छ। हाम्रो पार्टी विकासवादी पार्टी हो। विकास गर्ने, काम गर्ने पार्टी हो’, उनले भने।

रास्वपा अघि बढ्ने पार्टी भएको तर कसैसँग प्रतिशोध साँध्ने, पुराना कुरामा निहुँ खोज्ने पार्टी नभएको उनले जनाए।

‘हाम्रो पार्टी अघि बढ्ने पार्टी हो हामी प्रतिशोधन साँध्ने पुरानो कुरा लिएर निहूँ खोज्दै बस्ने पार्टी होइन। अगाडि बढ्दै गर्दा कस्तो अवस्थामा निहूँ खोजिन्छ, कस्तो केसमा मात्रै भन्दाखेरि विगतका दिनमा फटाइँ भएका छन्, सरकारी सम्पत्ति दोहोन भएको छ, सरकारी रकमको दोहन भएको छ भने त्यहाँ निहूँ खोज्न जरुरी हुन्छ। त्यहाँ निहुँ खोज्छौँ हामी’, नेता शाहले भने, ‘त्यो निहुँ खोज्दा गर्दाखेरि अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने ५ घण्टा मात्र होइन ५ वर्ष गर्छौं। पाँच वर्ष अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ। त्यसमा चिन्ता लिइराख्नु पर्दैन। हामीले नियम कानुन मिच्दैनौँ। नियममा बसेरै काम गर्छौं। नियमभन्दा बाहिर जाँदैनौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad