राजनीति


बालेन, रवि र गगन आज पहिलोपटक एउटै मञ्चमा

बालेन, रवि र गगन आज पहिलोपटक एउटै मञ्चमा

नेपालखबर
असार ७, २०८३ आइतबार १३:०, चितवन

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा पहिलोपटक आज (असार ७ गते) एउटै मञ्चमा देखिँदै छन्।

चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम महाधिवेशनमा उनीहरूले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका हुन्।  

यसअघि रास्वपा महाधिवेशनमा कांग्रेसबाट उपसभापति पुष्पा भुसाललाई सहभागी गराउने निर्णय गरेका सभापति थापाले आज बिहान मात्रै अचानक निर्णय परिवर्तन गर्दै उनी आफैँ चितवन आएका हुन्। 

रास्वपा महाधिवेशनका लागि रास्वपाका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन र कांग्रेस सभापति थापा आज बिहान मात्रै चितवन आइपुगेका हुन् भने रास्वपा सभापति लामिछाने शनिबारदेखि नै यता छन्। 

प्रधानमन्त्री बालेनले साथमा पत्नी र छोरी पनि ल्याएका छन्। 

रास्वपा महाधिवेशन उद्घाटन गर्न पत्नी र छोरीसहित भरतपुर आइपुगे प्रधानमन्त्री बालेन

चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा आयोजित रास्वपाको महाधिवेशन प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछाने आज दिउँसो २ बजे संयुक्त रूपमा उद्‌घाटन गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad