राजनीति


रास्वपा महाधिवेशन स्थलबाट प्रधानमन्त्री बालेन लागे होटलतिर

रास्वपा महाधिवेशन स्थलबाट प्रधानमन्त्री बालेन लागे होटलतिर

नेपालखबर
असार ७, २०८३ आइतबार १२:४२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आरामको लागि होटलमा गएका छन्। 

रास्वपाका वरिष्ठ नेतासमेत रहेका शाह सम्मेलनमा सहभागी हुन आइतबार बिहान ११ बजेतिर भरतपुर विमानस्थलमा ओर्लिएका थिए। 

उनी कार्यक्रमस्थलमा पुगेर केहीबेरअघि आरामको लागि शक्तिखोरस्थित एक होटलमा गएका हुन्। अब उनी दिउँसो २ बजे मात्रै उद्घाटन सत्रमा सहभागी हुन  महाधिवेशन स्थल पुग्ने एक नेताले जानकारी दिए।  

प्रधानमन्त्री बालेन साथमा पत्नी र छोरी पनि लिएर रास्वपा महाधिवेशनमा गएका हुन्। 

भरतपुरमा हुने रास्वपाको प्रथम महाधिवेशन सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनले दिउँसो २ बजे संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ। 

रास्वपा महाधिवेशनको उद्घाटन समारोह चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा आयोजना गरिएको छ।

गएराति भएको वर्षाले महाधिवेशन स्थल जलमग्न भएपछि त्यहाँको पानी भ्याकुमबाट तानिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad