राजनीति


जनमोर्चाको प्रश्न: नेपाली आकाशमा भारतीय हेलिकोप्टर उडेको विषयमा सरकार किन मौन?

जनमोर्चाको प्रश्न: नेपाली आकाशमा भारतीय हेलिकोप्टर उडेको विषयमा सरकार किन मौन?

नेपालखबर
असार ५, २०८३ शुक्रबार १६:१, काठमाडौँ

राष्ट्रिय जनमोर्चाले दार्चुलाको आकाशमा भारतीय सेनाको हेलिकोप्टर उडेको विषयमा सरकारले कुनै प्रतिक्रिया नजनाएकोप्रति आपत्ति जनाएको छ।

पार्टीका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीले शुक्रबार एक विज्ञप्ति जारी गरी भारत सरकारले समेत अर्को मुलुकको हवाई सीमा मिच्दा माफी नमागेकोमा क्षोभ प्रकट गरेका छन्।

‘भारत(तिब्बतीयन सीमा सुरक्षा बलको सैन्य हेलिकोप्टर नेपालको अनुमति बिना दार्चुला जिल्ला स्थित नेपालको हवाई क्षेत्र मिचेर प्रवेश गरेको विषयमा हाम्रो पार्टी जनमोर्चाले घोर भ्रत्सना गर्दछ’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालको हवाई सीमा मिचेर त्यसरी नेपालमा प्रवेश गरेको घटनाप्रति नेपाल सरकारले कुनै प्रतिक्रिया नजनाउनु र भारतीय पक्षले पनि अर्को मुलुकको हवाई सीमा मिच्दा माफी सम्म नमाग्नु कार्यप्रति समेत हामीले गम्भीर क्षोभ प्रकट गर्दछौँ।’ 

गत जेठ २७ गते बिहान भारतीय सैनिक हेलिकप्टर नेपाली आकाश हुँदै कालापनीतर्फ उडेको थियो।

भारतको इन्डो–टिबटेन बोर्डर पुलिस (आईटीबीपी) का डिजी शत्रुजीतसिंह कपूर सवार हेलिकोप्टर दार्चुलाको छाङरुको आकाश हुँदै कालापानी गएको दार्चुला प्रशासनले जनाएको छ।

यो विषयमा नेपाल सरकारबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad