समाज


नेपाली आकाशमा विनाअनुमति भारतीय सैनिक हेलिकप्टरले लगायो फन्को

नेपाली आकाशमा विनाअनुमति भारतीय सैनिक हेलिकप्टरले लगायो फन्को

गोकुल जोशी
असार १, २०८३ सोमबार ९:४५, कन्चनपुर

दार्चुलाको आकाशमा अनुमतिविना भारतीय सैनिक हेलिकप्टर उडेको छ।

व्यास गाउँपालिका–१ छाङरुको आकाशमा अनुमतिविना भारतीय हेलिकप्टर उडेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीका अनुसार जेठ २७ गते बिहान भारतीय सैनिक हेलिकप्टर नेपाली आकाश हुँदै कालापनीतर्फ उडेको हो।

भारतको इन्डो–टिबटेन बोर्डर पुलिस (आइटीबीपी)का डिजी शत्रुजीतसिंह कपूर सवार हेलिकोप्टर दार्चुलाको छाङरुको आकाश हुँदै कालापानी गएको पाइएको स्थानीय प्रशासनले जनाएको छ।

सशस्त्र प्रहरी बलमार्फत जानकारी आएपछि यस विषयमा जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा मौखिम जानकारी गराएको थियो। घटनाको विस्तृत जानकारी संकलन गरेर सोमबार लिखित रुपमा मन्त्रालयलाई जानकारी गराइने सहायक प्रमुख जिल्ला अधिकारी धामीले बताए।

आईटीबीपी प्रमुख कपुर कालापानी क्षेत्रको गुञ्जीस्थित ब्यारेक निरीक्षण गर्न गएको बुझिएको छ।

‘हामीसँग अनुमति केही लिइएको छैन। प्रारम्भिक रूपमा बुझ्दा त्यताको प्रदेशस्तरीय व्यक्ति आएकोले यसबारेमा मन्त्रालयमा जानकारी गराएका छौँ,’ सहायक प्रमुख जिल्ला अधिकारी धामीले नेपालखबरसँग भने, ‘हामी पनि यसबारेमा विस्तृत बुझ्दै छौँ। हाम्रो तहबाट हुने हामी गर्छाैँ। माथिल्लो तहमा हुने कुरा उताबाटै हुन्छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad