हङकङका अभिनेता तथा गायक इसन चानले शहरको दक्षिणी जिल्लामा विलासी घर किनेका छन्। जुन, पछिल्लो समय विलासी घरहरू खरिद गर्ने धनी र प्रसिद्धहरूको सूचीमा सामेल हुन पुगे।
साउथ चाइना मर्निङ पोस्टले भूमि रजिस्ट्रीको रेकर्डलाई उद्धृत गर्दै लेखेअनुसार, चानले सोसन हिलमा चार कोठा र एउटा बगैँचा भएको घर किनेका हुन्। जसको खरिद मूल्य १८२.५३ मिलियन हङकङ डलर (२३.२९ मिलियन अमेरिकी डलर) रहेको छ।
बिक्रीयोग्य क्षेत्रफल २ हजार ८०१ वर्ग फिट रहेको उक्त सम्पत्तिको यो किनबेचले प्रतिवर्गफिट हङकङ डलर ६५,१६६ हुन आएको छ।
भूमि रजिस्ट्रीको आधिकारिक रेकर्डमा बुधबार दर्ता भएको उक्त किनबेचमा चानको पूरा नाम चान यिक सुन इसन रहेको छ।
हङकङमा जन्मेका चानले सन् १९८२ मा सुरु भएको वार्षिक प्रतियोगिता नयाँ प्रतिभा गायन पुरस्कारमा भाग लिएपछि पहिलो पटक १९९५ मा प्रसिद्धि हासिल गरेका थिए।
ज्याकी चेङले गाएको क्यान्टोनिज गीत ‘मुन गेजिङ’बाट चानले पहिलो स्थान हासिल गरेका थिए। त्यसपछि उनले हङकङ लेबल क्यापिटल आर्टिस्ट्ससँग रेकर्डिङ सम्झौता गरे।
Shares

प्रतिक्रिया