नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले आफू सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन सहभागी हुने भनेर हल्ला चलाइएको बताएका छन्।
शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले आफू रास्वपा महाधिवेशनमा सहभागी हुने भनेर गरिएको प्रचारको खण्डन गरेका हुन्।
‘रास्वपा महाधिवेशनमा म सहभागी हुने भएँ भन्ने ब्रान्डिङ चलेको रहेछ। तर उनीहरू खेर जालान् हामी आउँला भनेको हैन’, एमाले नेता बास्कोटाले लेखेका छन्, ‘तर अरू पार्टीमा जस्तै त्यहाँ पनि सुषुप्त लडाइँ रहेछ। कहिल्यै पुरानो नहुने रविलाई पुरानो भइसकेको आवाज भित्रभित्रै भरमार रहेछ। सबै एसियाली टोली न हुन् लास्टाँ उही हो।’

रास्वपाको प्रथम महाधिवेशन यही असार ७ देखि ९ सम्म चितनवमा हुँदै छ। त्यसका लागि रास्वपाले तयारी तीव्र पारेको छ।
यस क्रममा उसले १८ उपसमिति गठन गरेको छ।
Shares

प्रतिक्रिया