कला


जितुको लगानी रहेको 'आई एम जितबहादुर' आजदेखि प्रदर्शन

जितुको लगानी रहेको 'आई एम जितबहादुर' आजदेखि प्रदर्शन

नेपालखबर
असार ५, २०८३ शुक्रबार ९:४६, काठमाडौँ

जितुको लगानी रहेको ‘आई एम जितबहादुर’ प्रदर्शनमा

अभिनेता जितु नेपाल (मुन्द्रे) को लगानी रहेको ‘आई एम जितबहादुर’ प्रदर्शनमा आएको छ।

शुक्रबारदेखि फिल्म देशभरका सिनेमा हलमा रिलिज भएको हो। 

यस साता प्रदर्शनमा आएको यो एकमात्र नेपाली फिल्म हो।

फिल्ममा जितुसँगै वर्षा राउत, प्रियंका कार्की, सन्दिप क्षेत्री, देशभक्त खनाल, सारा शर्मा, अंशु महर्जन, पवन खतिवडा र राजन सिम्खडालगायत कलाकारहरूको अभिनय छ।

फिल्मले गाउँमा बस्ने सरल, हँसिलो र सपनाले भरिएको विवाहित युवक जितबहादुरको कथा प्रस्तुत गर्छ।

गाउँकै सानो नाट्य मञ्चमा साथीहरूसँग अभिनय गर्दै दर्शकलाई मनोरञ्जन दिने उसका लागि अभिनय केवल रूचि मात्र नभई जीवनकै सबैभन्दा ठूलो सपना बनेको हुन्छ।

त्यही सपना पूरा गर्न उसले गर्ने संघर्ष र जीवनमा आउने उतारचढावलाई फिल्ममा प्रस्तुत गरिएको छ।

यस फिल्मको निर्देशन सुभेन्दु घोषले गरेका हुन्। ड्रामा विधामा निर्माण भएको फिल्मको रनटाइम १३३ मिनेट छ।

फिल्मका निर्माता जितु नेपाल हुन् भने सहनिर्मातामा राजन सिम्खडा र दिपेन्द्र अधिकारी छन्।

कार्यकारी निर्माताका रूपमा निश्चल कुँवर र निरज नेपालले काम गरेका छन्।

यस साता प्रदर्शनमा आएको नेपाली फिल्म ‘आई एम जितबहादुर’ मात्र भए पनि विदेशी फिल्म पनि रिलिज भएका छन्।

विदेशी फिल्मतर्फ शाहिद कपुरको ‘ककटेल २’ दक्षिण कोरियाको ‘कोलोनी’ र हलिउडको ‘टोय स्टोरी ५’ हलमा रिलिज भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad