राजनीति


हर्क र कुलमानसँग एकताका लागि सीके राउतले बनाए वार्ता कार्यदल

हर्क र कुलमानसँग एकताका लागि सीके राउतले बनाए वार्ता कार्यदल

सीके राउत, हर्क साम्पाङ र कुलमान घिसिङ।


नेपालखबर
असार १, २०८३ सोमबार १९:१३, काठमाडौँ

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले  ‘राष्ट्रिय वैकल्पिक मोर्चा’ निर्माणका लागि वार्ता कार्यदल गठन गरेको छ। 

जनमतले श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग मोर्चाबन्दी तथा सम्भावित राजनीतिक सहकार्यका लागि पहल गर्ने निर्णय गरेको हो। यसका लागि नरेन्द्र चौधरीको संयोजकत्वमा तीन सदस्यीय वार्ता कार्यदल गठन गरिएको जनमतका केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले जानकारी दिए।

चौधरी नेतृत्वको कार्यदलमा डा. जयकान्त राउत र प्रमोदकुमार गुप्ता सदस्य छन्। मण्डलका अनुसार कार्यदललाई सम्बन्धित राजनीतिक दलहरूसँग संवाद, छलफल र सहकार्यका सम्भावनाबारे आवश्यक पहल गर्ने जिम्मेवारी दिइएको छ। 

वैकल्पिक राजनीतिक शक्तिबीच सहकार्य, एकता र साझा राजनीतिक एजेन्डामार्फत देशमा नयाँ राजनीतिक विकल्प निर्माण गर्ने उद्देश्यका साथ मोर्चा गठनको पहल गरिएको जनमतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad