प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा समस्याबारे बेलायतसँग पनि कुरा गरिरहेको बताएपछि भारतले त्यसमा प्रतिक्रिया दिएको छ। द्विपक्षीय मामिलामा तेस्रो पक्षको कुनै भूमिका नहुने भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा बताएका छन्।
पत्रकारहरूले नेपालका प्रधानमन्त्रीले सीमाबारे चीन र बेलायतसँग कुरा गरिरहेको बताएको विषयमा भारतको प्रतिक्रिया मागेका थिए।
‘भारत–नेपाल सीमाको सम्बन्धमा नेपालका प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयको जुन अभिव्यक्ति आएको छ, त्यसलाई हामीले सुनेका छौँ। भारत–नेपाल सीमाको लगभग ९८ प्रतिशत निर्धारित भइसकेको छ। केही हिस्सामा समस्या छ, गण्डक नदीको बहावमा परिवर्तन भएको कारण यो स्थिति उत्पन्न भएको छ,’ प्रवक्ता रणधीर जैसवालले भने।
उनले थपे, ‘यसका अलावा सीमाको निर्धारित हिस्सामा सीमापार कब्जा र नो म्यान्स ल्यान्डमा अतिक्रमणका मामिला पनि छन्। जसको संयुक्त रुपले सीमांकन गरिँदै छ। सीमा सम्बन्धी सबै मामिला समाधान गर्न दुईपक्षीय संयन्त्र स्थापित गरेका छौँ। सबै पक्षलाई यो स्पष्ट हुन जरुरी छ, भारत र नेपालको बीचमा जेजति द्विपक्षीय मामिला छन्, त्यसमा कुनै पनि तेस्रो पक्षको भूमिका छैन।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्चस्तरीय भेटघाट गर्ने पनि उनले बताए।
Shares

प्रतिक्रिया