राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा काठमाडौँका भुवन केसीलाई मनोनयन गरेको छ।
केसीलाई केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा मनोनीत गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका हुन्। निर्वाचन आयोग प्रमुखमा मनोनित भुवन केसी कलाकार होइनन्। उनी टोखा निवासी रास्वा नेता हुन्।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले केसीले पार्टीको विधान, नीति र सिद्धान्त तथा आयोगको नियमावली तथा कार्यविधिबमोजिम आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेमा विश्वास व्यक्त गरे।
सभापति रवि लामिछाने नयाँ दिल्ली भ्रमणामा जानुअघि सोमबार बसेको सचिवालय बैठकले भुवन केसीलाइ मनोनयन गर्ने काम गरेको हो।
रास्वपाले असारमा प्रथम महाधिवेशन गर्दैछ। उनले पार्टीको आन्तरिक निर्वाचन प्रक्रियालाई निष्पक्ष र पारदर्शी ढंगले अघि बढाउने अपेक्षा छ।
Shares

प्रतिक्रिया