राजनीति


प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभाको बैठक अवरुद्ध

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभाको बैठक अवरुद्ध

नेपालखबर
जेठ १९, २०८३ मंगलबार १३:५७, काठमाडौँ

प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर दोस्रो दिन पनि विपक्षी दलका सांसदले राष्ट्रिय सभाको बैठक अवरुद्ध पारेका छन्। 

मंगलबार राष्ट्रिय सभाको बैठक सुरु हुने वितिक्कै विपक्षी दलका सांसदले आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। राष्ट्रिय सभामा सबै विपक्षी दलका सांसद छन्। 

सबै सांसदले उभिएर विरोध जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए। उनले प्रतिनिधि सभामा बोलेको विषय भएकाले बैठक सञ्चालनका लागि सहयोग गर्न सांसदले पटकपटक आग्रह गरे। 

तर, राष्ट्रिय सभाका सांसदले प्रधानमन्त्री शाहले आफ्नो भनाइ फिर्ता लिएर माफी नमाग्दासम्म विरोध जारी रहने जनाए। उनीहरूले विरोध जारी राखेपछि राष्ट्रिय सभाका अध्यक्ष दाहालले बैठक स्थगित गरेका छन्। 

राष्ट्रिय सभाको अर्को बैठक जेठ २० गते बुधाबार मध्याह्न १२:१५ बजे बस्नेछ। यसअघि सोमबार पनि राष्ट्रिय सभाको बैठक स्थगित भएको थियो।

आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदले सोधेका प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको सीमा मिचेको’ अभिव्यक्ति दिएका थिए। त्यसमा शाहले माफी माग्नुपर्ने र संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गर्दै विपक्षी दलका सांसदले विरोध गरिरहेका छन्।  


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad