ad ad

राजनीति


कोरोनाबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै सुरु भयो चीनको शीर्ष राजनीतिक बैठक

कोरोनाबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै सुरु भयो चीनको शीर्ष राजनीतिक बैठक

नेपालखबर
जेठ ८, २०७७ बिहिबार १०:६,

चीनको शीर्ष राजनीतिक सल्लाहकार समिति पिपुल्स पोलिटिकल कन्सुलेटिभ कन्फ्रेन्स (सीपीपीसीसी) को वार्षिक बैठक सुरु भएको छ।

बिहीबार अपरान्ह कोरोना भाइरसबाट ज्यान गुमाएकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा सो बैठक आरम्भ भएको हो।

चीनमा कोरोना भाइरस महामारीबाट ४ हजार ६ सयको मृत्यु भएको छ।

सीपीपीसी चीनको सबैभन्दा शीर्ष सल्लाहकार समिति हो। बैठकमा राष्ट्रपति सी चिनफिङ र २५ सदस्यीय पोलिटब्युरोका अन्य सदस्यहरु उपस्थित थिए। उनीहरुबाहेक उपस्थित सबै प्रतिनिधिले मास्क लगाएका थिए।

हरेक वर्ष मार्चमा हुने यो बैठक महामारीका कारण यसपटक दुई महिना ढिला सुरु भएको हो। त्यसैले यो बैठक १० दिनको सट्टा करिब ७ दिन चल्नेछ।

यसलगत्तै शुक्रबार चीनको संसद् नेसनल पिपुल्स कंग्रेस (एनपीसी) बैठक सुरु हुने छ। यी दुई बैठकलाई ‘टु सेसन्स’ भनेर चिनिन्छ।

cppcc-1309.jpg

दुवै समारोहमा सहभागी हुने प्रतिनिधिहरुको अनेकौँ परीक्षण गरिएको थियो। यसपटक ग्रेट हल अफ द पिपुलमा प्रवेश पाउने पत्रकारको संख्या पनि सिमित गरिएको छ।

एनपीसीको बैठकलाई निकै महत्वपूर्ण मानिन्छ। त्यहाँ सरकारका अध्यादेश, बजेट र निर्णयहरु अनुमोदन हुन्छन्।

मन्त्रीहरुले महत्वपूर्ण आर्थिक लक्ष्य, सैन्य बजेट तथा अन्य रणनीतिक प्राथमिकताहरुको खुलासा गर्नेछन्।

कम्युनिस्ट पार्टीका नेताहरुको सोच के छ भन्ने झलक त्यहाँबाट पाउन सकिन्छ।

यसपटक यी दुई बैठकमा महामारी रोकथाम, गरिबी निवारण, हङकङ, ताइवान, रोजगारी सिर्जनाजस्ता विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .