यसबीचमा भारतका पूर्व विदेशमन्त्री सुष्मा स्वराजका श्रीमान स्वराज कौशलले मनिषा कोइरालाको ट्वीटको जवाफ दिएका छन्।
हालै नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेटेर नक्सा सार्वजनिक गर्ने निर्णय गरेको थियो।
लामो सयम बलिउडमा अभिनय गरेर ख्याती कमाएकी कोइरालाले नेपाल सरकारको निर्णयको समर्थन गरेकी थिइन्। उनले नेपाल, भारत र चीनले मिलेर यस विषयको समाधान गर्नुपर्ने संकेत गरेकी थिइन्।
त्यसयता मनिषा कोइरालालाई भारतीयहरुले चीनको एजेन्टको रुपमा व्याख्या गर्न थालेका छन्।
बुधबार नेपालले नयाँ नक्सा जारी गरिसकेको छ। तर भारतले नेपालको नयाँ नक्सा अमान्य भएको प्रतिक्रिया जनाएको छ। भारतले एकतर्फी कुटनीतिक छलफल बिनै नेपालले एकतर्फी नक्सा जारी गरेको जनाएको छ।
नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतले नेपालको अनुमति बिनै सडक बनाएपछि सीमा विवादले उत्कर्ष रुप लिएको हो।
I can't argue with you my child @mkoirala. I have always treated you as my daughter. When you invited us for the premiere of 1942-a Love story, I did not stay for the film. Yes, @sushmaswaraj watched the film and you had Bansuri in your lap./1
स्वराज कौशलले भनेका छन,‘म तपाइँसँग बहस गर्न सक्दिन मेरो छोरी। मैले तपाइँलाई सँधै आफ्नो छोरी मानेको छु। जब तपाइँले मलाई १९४२ः अ लभ स्टोरीको प्रिमियरमा निमन्त्रण दिनु भएको थियो तब मैले पुरै फिल्म हेर्न सकिन तर सुष्माले पुरै हेरिन्। त्यसबेला हाम्रो छोरी बाँसुरी तपाइँको काखमा बसेकी थिइन्। यो मात्र २७ वर्ष अगाडिको कुरा हो। सन् १९७७ पछि तपाइँ साउथ एक्सटेन्सनमा बस्न थाल्नुभयो। तपाइँ एपीजे विद्यालयमा पढ्नु हुन्थ्यो। तपाइँको बुबा प्रकाश कोइराला मेरा दाइजस्तै हो र तपाइँको आमा सुष्मा मेरी भाउजु र साथीजस्तै हुनुहुन्थ्यो। हामीले एक सथा मश्किल समयहरु देखेका छौं।’
आफूलाई मनिषा कोइरालाको परिवारको संघर्षको बारेमा थाहा भएको बताउँदै कौशलले भनेका छन्,‘तपाइँको हजुरबा बीपी कोइराला १८ वर्ष जेलमा बस्नु भयो। उहाँलाई क्यान्सर भएको थियो। तपाइँको बुबा प्रकाश हजुरबा बीपीको संघर्षका दिनहरुमा साथमा थिए। म सबैको विषयमा सोच्छु।’
— Manisha Koirala (@mkoirala) May 18, 2020Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now ? https://t.co/A60BZNjgyK
तर भारत र नेपालको आन्तरिक विषयमा मनिषाले चीनलाई बिचमा किन ल्याएको भनेर उनले प्रश्न गरेका छन्? मनिषाले आफ्नो ट्वीटमा सीमा विवादको विषय नेपाल, भारत, चीनले मिलेर छलफल गरिनुपर्ने उल्लेख गरेकी थिइन्।
कौशलले भारत नेपालको हरेक संघर्षको हिस्सा भएकाले आन्तरिक विषयमा चीनलाई मनिषाले बिचमा ल्याउनु गलत भएको बताएका छन्। लिपुलेकको विषय भारत र नेपालको नितान्त आन्तरिक विषय भएको कौशलको भनाइ छ।
उनले भनेका छन्,‘जब तपाइँ चीनलाई बिचमा ल्याउनुहुन्छ तपाइँले नेपाल र भारतको हजारौं वर्ष पुरानो सम्बन्ध टुटाउँदै हुनुहुन्छ। तपाइँले एक सार्वभौम राष्ट्रको अवस्थालाई पनि तल पार्दै हुनुहुन्छ।’
चीनले लिपुलेकको विषय भारत र नेपालको आन्तरिक विषय भएको बताउँदै दुवै देशले छलफल मार्फत विवाद टुंग्याउनुपर्ने प्रतिक्रिया जनाएको थियो। एजेन्सी

प्रतिक्रिया