ad ad

राजनीति


स्वास्थ्य मन्त्रालयले भन्यो : पीसीआरबाट काेराेना परीक्षणको दर तोकिएको छैन

स्वास्थ्य मन्त्रालयले भन्यो : पीसीआरबाट काेराेना परीक्षणको दर तोकिएको छैन

नेपालखबर
जेठ ७, २०७७ बुधबार १०:३४,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर बिधिबाट सशुल्क काेराेना परीक्षण गर्न खुला गरिएकाे भएता पनि त्यसको दर तोकि नसकिएको बताएकाे छ।

मन्त्रालयकाे मंगलबारको बैठकबाट कसैले स्वेच्छाले पीसीआर बिधिबाट कोरोना परीक्षण गर्न चाहेमा स्वदेशी तथा विदेशी नागरिकलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र सूचनाको गोपनियता तथा नियमित रिपोर्टिङ गर्ने शर्तमा गर्न खुला गरिएको बताएको छ।

तर त्यसो गर्दा तोकिएको सार्वजनिक स्वास्थ्य संस्थाहरुमार्फत् र तोकिएको दररेटमा गर्नुपर्ने बताएको छ।

‘यसप्रकारको परीक्षणको लागि मन्त्रालयले दररेट तोकिदिने भएतापनि हालसम्म कुनै दररेट तोकि नसकेको व्यवहोरो सर्वसाधारणमा जानकारी गराइन्छ,’ मन्त्रालयद्वारा बुधबार अपरान्ह जारी विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले सार्वजनिक अस्पतालमा लामबद्ध भई समय खेर फाल्न नचाहने र भिडभाडमा गएर जोखिम मोल्न नचाहने स्वदेशी तथा विदेशीको अनुरोधमा नै मन्त्रालयले सशुल्क परीक्षणको व्यवस्था गर्न लागेको समेत जनाएको छ।

निशुल्क परीक्षण गराउने कि सशुल्क गराउने भन्ने कुरा सम्बन्धित व्यक्तिको इच्छा अनुसार हुने मन्त्रालयले प्रष्ट्याएको छ।

‘सशुल्क परीक्षण गर्ने संस्थाहरुले परीक्षणको लागि तोकिएको सम्पुर्ण मापदण्ड पु¥याएको हुनुपर्छ र त्यहाँबाट भएका परीक्षणहरुको गोपनियता कायम गर्दै नियमित रिपोर्टिङ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनुपर्नेछ,’ मन्त्रालयले भनेको छ।

परीक्षणबाट मात्र संक्रमितलाई पहिचान गर्न सकिने हुँदा विदेशी कुटनीतिज्ञहरु र केही अन्य स्वदेशी नागरिकहरु समेतको आग्रहमा परीक्षणलाई व्यापक बनाउन आवश्यक रहेको मन्त्रालयले जनाएको छ।

‘यसैलाई मध्यनजर गरी परीक्षणको दायरालाई व्यापक बनाउने कार्य गरिएको मात्रै हो, यस सम्बन्धमा केकति शुल्क लाग्ने, प्रयोगशाला कस्तो हुने, सुरक्षा प्रबन्ध कसरी अपनाउने लगायतका विषयमा छलफल र निर्णय हुन बाँकी नै रहेको छ,’ मन्त्रालयले भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .