राजनीति


ताइवानलाई लोकतान्त्रिक मुलुक भनेपछि अमेरिकासँग चीन रुष्ट

ताइवानलाई लोकतान्त्रिक मुलुक भनेपछि अमेरिकासँग चीन रुष्ट

नेपालखबर
जेठ ७, २०७७ बुधबार १०:३७,

ट्वीटरको शुभकामना सन्देशमा दोस्रोपटक राष्ट्रपतिको कार्यकाल सम्हाल्न लागेको भन्दै पोम्पियोले वेनलाई बधाई दिएका थिए।

पोम्पियोले ट्वीटमा भनेका थिए,‘ताइवानको राष्ट्रपति पदको दोस्रो कार्यकालको लागि डाक्टर साई इंग–वेनलाई शुभकामना दिन चाहन्छु। ताइवानको जीवन्त लोकतन्त्र त्यस क्षेत्र तथा विश्वकै लागि प्रेरणा हो। राष्ट्रपति वेनको नेतृत्वमा ताइवानसँग अमेरिकाको साझेदारी फस्टाउँदै जानेछ।’

ताइवानले आफू लोकतान्त्रिक मुलुक भएको बताउँछ तर चीनले ताइवानलाई आफ्नो मुलुकको अंगको रुपमा हेर्ने गरेको छ।

चीनले आवश्यक परेको खण्डमा आफूले शक्ति लगाएर ताइवान कब्जा पनि गर्नसक्ने बताउँदै आएको छ। चीनले ताइवानलाई अलग देश मान्ने देशसँग कुटनीतिक सम्बन्ध पनि गाँस्दैन।

अमेरिकाले ताइवानलाई लोकतान्त्रिक मुलुक भनेपछि यतिबेला चीन अमेरिकासँग झनै भड्कीएको छ। कोरोना भाइरस साथै व्यापार विवादमा होमिएका चीन र अमेरिका फेरि ताइवान विवादमा फसेका छन्।

बुधबार चीनको विदेशमन्त्रालयले ताइवानको विषयमा नबोल्न अमेरिकालाई चेतावनी दिएको छ।

विदेशमन्त्रालयले बुधबार भनेको छ,‘अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ताइवानका राष्ट्रपति साई इंग–वेनलाई शुभकामना दिएर ताइवान–चीन सम्बन्ध र चीन अमेरिका–सम्बन्ध साथै यस क्षेत्रको शान्तिमा अवरोध खडा गरिदिएका छन्।’

यस्ता कार्य दोहोरिए चीनले अमेरिकाविरुद्ध आवश्यक कदम उठाउने मन्त्रालयले जनाएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad