राजनीति


संसद्‌मा कांग्रेसले माग्यो प्रधानमन्त्री शाहको जवाफ

संसद्‌मा कांग्रेसले माग्यो प्रधानमन्त्री शाहको जवाफ

नेपालखबर
बैशाख २९, २०८३ मंगलबार १३:३५, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह संसद् बैठकबाट बाहिरिएको घटनामा जवाफ माग गरेको छ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा कांग्रेस प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीको जवाफ मागेकी हुन्। ‘लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिजो देखियो। राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू संसद्बाट बाहिरिनु यो केवल सामान्य दृश्य होइन,’ थापाले भनिन्। 

संवैधानिक संस्कार, संसदीय परम्परा, राज्यको उत्तरदायीत्व र सरकारको गम्भीरता हुनुपर्नेमा कांग्रेसलाई लागेको थापाको भनाइ छ। ‘यस विषयमा स्पष्ट जवाफ दिइयोस्। यस्ता घटनाको पुनरावृत्ति नहोस्। लोकतन्त्रमा पदभन्दा ठूलो कुरा मर्यादा र मर्यादाभन्दा ठूलो कुरा जनविश्वास हो भन्ने कुरामा ध्यान जओस्,’ उनले भनिन्, ‘प्रतिपक्षी दलको तर्फबाट प्रधानमन्त्रीज्यूको जवाफको माग गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad