ad ad

राजनीति


राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

नेपालखबर
जेठ ६, २०७७ मंगलबार १२:३५,

राष्ट्रियसभाको आजको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ। यही जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनकोे संयुक्त बैठकलाई सम्बोधन गरी प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे भएको छलफलपछि आज प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि सो नीति तथा कार्यक्रम पारित भएको हाे।

बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले प्रस्ताव पारित भएको हो। कार्यक्रममाथि सदस्य अनिता देवकोटा, शेखरकुमार सिंह र प्रमिलाकुमारीले गरेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो। सो कार्यक्रमलाई आजै प्रतिनिधिसभाले पारित गरेको थियो। पारित कार्यक्रमका आधारमा सरकारले यही जेठ १५ गते बजेट प्रस्तुत गर्नेछ।

बैठकले केही नेपाल ऐन संशोधनको साविकको ऐन जगाउनेसम्बन्धी ऐनलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि पारित गरेको थियो। राष्ट्रियसभाको अर्को बैठक यही जेठ ७ गते बिहान ११ बजे बस्नेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .