विभिन्न अभियोगमा कतारको जेलमा रहेका ८ जना नेपालीले माफी पाएका छन्।
कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा उनीहरुलाई माफी दिएका हुन्।
कतारस्थित कारागारहरूमा विभिन्न अभियोगमा सजाय भुक्तान गरिरहेका थिए।
माफी पाउनेमा ४ जना कुटपिट, २ जना चोरी र २ जना सवारीजन्य कसुरमा सजाय भुक्तान गरिरहेका दोहास्थित नेपाली दूतावासले जनाएको छ।
प्रतिक्रिया