मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि सुरु भएको हो।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेको भोलिपल्टमन्त्रिपरिषद् बैठक बसेको हो।
प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष शाहको अध्यक्षतामा बिहीबार बसेको बैठकले सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको छ।
पहिलो वरीयतामा रहेका कायमुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, दोस्रो वरीयतामा रहेका न्यायाधीश कुमार रेग्मी र तेस्रो वरीयतामा रहेका न्यायाधीश हरिप्रसाद फुयाललाई छाडेर चौथो नम्बरका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गरिएको भन्दै विपक्षी दलहरूले विरोध गरिरहेका छन्।
Shares

प्रतिक्रिया