राप्रपाका नेता तथा पूर्वमन्त्री कमल थापाले वरीयताको नाउँमा भागभण्डाका आधारमा तयार गरिएको सेटिङको अन्त्य हुनु जरुरी रहेको बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमा उनले पार्टीगत भागबण्डाको आधारमा एक दशकभन्दा लामो समयको निमित्त तयार गरिएको सेटिङलाई पुरस्कृत गरिनु नहुने बताएका हुन्।
‘कथित वरियताको नाउँमा भागभण्डाको आधारमा तयार गरिएको सेटिङको अन्त्य हुनु जरुरी छ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘पार्टीगत भागबण्डाको आधारमा एक दशकभन्दा लामो समयको निमित्त तयार गरिएको सेटिङलाई पुरस्कृत गरिनु हुँदैन। यो संविधानको उल्लङ्घन होइन, संविधानले नै दिएको अधिकार प्रयोग गरेर विकृतिको शुद्धिकरण गर्ने प्रयास हो।’

174
Shares

प्रतिक्रिया