राजनीति


नयाँ सरकार गठनपछि महँगी बढ्यो : नेकपा

नयाँ सरकार गठनपछि महँगी बढ्यो : नेकपा

नेपालखबर
बैशाख ६, २०८३ आइतबार १५:५९, काठमाडौँ

सरकारले कर्मचारी ट्रेड युनियन खारोज गर्ने निर्णय मन्त्रिपरिषदबाट पास गरिसकेको सन्दर्भमा नेपाली कम्युनिष्ट पार्टीले चिन्ता व्यक्त गरेको छ।

‘संगठित हुन पाउने संवैधानिक अधिकार तथा नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि सम्झौताविपरित ट्रेड युनियनहरुमाथि प्रतिबन्ध लगाउने प्रयासप्रति हाम्रो पार्टी चिन्ता व्यक्त गर्दछ। यो विषयलाई हल्का रुपमा नलिन  र पुर्नविचार गर्न आग्रह गर्दछौँ।’

विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णयको पनि नेकपाले बिरोध जनाएको छ। नयाँ सरकार गठनपछि महँगी बढेको भन्दै नियन्त्रण गर्न  माग गरेको छ। 

‘नयाँ सरकार बढेसँगै महँगी र कालोबजारी बढेकोमा तत्काल नियन्त्रण गर्न हाम्रो पार्टी आग्रह गर्दछ’, गणेशमान पुनद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

२०८२ चैतमा बालेन सरकार गठन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad