राजनीति


संसदीय समितिका सभापतिबारे निर्णय गर्न तीन दल छलफलमा

संसदीय समितिका सभापतिबारे निर्णय गर्न तीन दल छलफलमा

नेपालखबर
बैशाख ३, २०८३ बिहिबार १३:२, काठमाडौँ

प्रतिनिधि सभाअन्तर्गतका समितिको सभापतिका लागि उम्मेदवार दिन वा नदिने भन्ने विषयमा निर्णय गर्न विपक्षी तीन दल छलफलमा जुटेका छन्। 

बिहीबार दिउँसो सिंहदरबारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू छलफलमा जुटेका हुन्।

छलफलमा कांग्रेसबाट अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, एमालेबाट पद्या अर्याल, गुरु बराल, नेकपाबाट वर्षमान पुन र युवराज दुलाल लगायतका नेता सहभागी छन्। 

बैठकले संसदको सार्वजनिक लेखा समितिको सभापति चयनका लागि साझा उम्मेदवार उठाउने विषयमा निर्णय गर्ने जनाएको छ। लेखा समितिको सभापति प्रतिपक्षी दलले पाउने संसदीय परम्पराअनुसार साझा उम्मेदवारको खोजी भइरहेको उनीहरूले बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने प्रतिनिधि सभा अन्तर्गतका १० मध्ये नौ समितिको नेतृत्व आफैले राख्ने भएको छ। लेखा समितिको सभापति श्रम संस्कृति पार्टीलाई दिने विषयमा छलफल गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad