नेपाली कांग्रेसले आफ्ना तीन जना मधेसका प्रदेश सभा सदस्यहरूलाई सजग गराएको छ।
आज (बिहीबार) बसेको केन्द्रीय अनुशासन समितिको बैठकले प्रदेशसभा सदस्यहरू सकुन्तीदेवी महरा, कौशल किशोर राय र जंगीलाल रायलाई गुनासो नआउने गरी काम गर्न निर्देशन दिएको हो।
उनीहरूमाथि २०८२ फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप लागेको थियो। सो विषयमा अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणमा उनीहरूले आरोपहरू निराधार, असत्य र कपोकल्पित भएको भन्दै पार्टीविरुद्धको गतिविधिमा संलग्न नरहेको बताएका थिए।
समितिको आजको बैठकले उनीहरूलाई सजग गराउँदै पार्टीको विधान, नियमावलीप्रति पूर्ण प्रतिबद्ध रही दत्तचित्तका साथ पदीय जिम्मेवारीअनुरूपमा काम गर्न निर्देशन दिएको हो।
42
Shares

प्रतिक्रिया