राजनीति


विज्ञको सुझाव लिएर मात्रै विधि विज्ञान प्रयोगशाला विधेयकलाई अगाडि बढाउनुपर्छ: मन्त्री पोखरेल

विज्ञको सुझाव लिएर मात्रै विधि विज्ञान प्रयोगशाला विधेयकलाई अगाडि बढाउनुपर्छ: मन्त्री पोखरेल

नेपालखबर
जेठ २१, २०८३ बिहिबार १६:४५, काठमाडौँ

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक २०८१ लाई विज्ञहरूको पर्याप्त सुझाव नलिई अगाडि बढाउन नसकिने बताएका छन्। 

बिहीबार सिंहदरबारमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथिको छलफलमा सांसदले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री पोखरेले विज्ञहरूको पर्याप्त सुझाव आवश्यक भएको बताए। त्यसका लागि आवश्यक समयसहितको छलफलको व्यवस्था गर्न पनि संसदीय समितिलाई आग्रह गरे। 

‘यो विधेयकको समितिमा दफावार छलफल हुन पनि बाँकी नै छ। त्यो दफावार छलफलमा अझ माननीयजीहरूले यसमा के आवश्यक पर्छ, त्यो संशोधनको पनि अध्ययन गरेर आउन पनि सबै जनालाई अनुरोध पनि गर्दछु,’ उनले भने, ‘त्यो दफावार छलफल भएको बेलामा म समितिका सभापतिज्यू, सचिवज्यूलाई के आग्रह गर्दछु भने एक्सपर्टहरूलाई पनि त्यो दिन आएर आफना कुराहरू राख्नका लागि व्यवस्था मिलाई दिनु होला।’

विधेयकको दफादफा अध्ययन गरेर त्यसलाई समृद्ध पनि सांसदको पनि ध्यानाकर्षण गराए। विधेयकमा कुनै पनि छिद्र नरहने गरी छलफल गरेर मात्रै अघि बढनुपर्ने मन्त्री पोखरेलको भनाइ थियो। 

‘विज्ञहरूको कुरा पनि राखेर विधेयकलाई अगाठि बढाउनुपर्ने हुन्छ,’ मन्त्री पोखरेलले भने, ‘दफादफामा राम्रोसँग छलफल गरेर कुनै पनि लुपहोल त्यहाँ नरहने गरी एउटा राम्रो विधेयक बनाएर मात्रै त्यसलाई यताबाट अगाडि बढाउन पनि आग्रह गर्दछु।’

मन्त्री पोखरेलले विज्ञान र प्रविधिको क्षेत्रमा विज्ञहरूको सुझाव महत्त्वपूर्ण हुने भएकाले सरकारले त्यसमा विशेष ध्यान दिएको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad