राजनीति


संसदीय समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरूसँग छलफल गर्ने

संसदीय समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरूसँग छलफल गर्ने

नेपालखबर
जेठ २१, २०८३ बिहिबार १६:४७, काठमाडौँ

संसदीय समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ बारे विज्ञहरूसँग छलफल गर्ने भएको छ। 

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आगामी बैठकमा उक्त विधेयकका सम्बन्धमा विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको हो।

उक्त विधेयकबारेमा सांसदहरूले गरेका धेरै प्रश्नहरू अनुत्तरित भएकाले समितिको आगामी बैठकमा त्यसबारे विज्ञहरूसँग छलफल गर्नुपर्ने निष्कर्षमा पुग्नु परेको समितिकी सभापति डा ओजश्वी शेरचनले बताइन्।

बैठकमा सांसदहरूले उक्त विधेयकका सम्बन्धमा विज्ञहरूको राय लिनुपर्ने धारणा राखेका थिए भने शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पनि विज्ञहरूसँग पर्याप्त समय लिएर मात्रै उक्त विधेयकलाई अघि बढाउने स्पष्ट पारेका थिए।

समितिकी सभापति शेरचनले भनिन्,‘यो विधेयक हाम्रो न्याय प्रणालीका लागि एकदमै महत्वपूर्ण छ। अब यहाँ धेरै प्रश्नहरू अनयान्सर नै नभएको कारणले गर्दा आगामी बैठकमा विज्ञहरूलाई नै ल्याएर बैठक चलाउनेछु भनेर भन्न चाहन्छु।’

सभापति शेरचनले न्याय निरुपणको क्षेत्रमा काम गर्न लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्बन्धि विधेयक महत्वपूर्ण हुने भएकाले पनि यसको छलफल व्यापक हुनुपर्ने तर्क समेत गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad