राजनीति


कांग्रेसले तोक्यो उपसभापति र महामन्त्रीको जिम्मेवारी, इलेक्सन ब्युरो पनि गठन

कांग्रेसले तोक्यो उपसभापति र महामन्त्रीको जिम्मेवारी, इलेक्सन ब्युरो पनि गठन

नेपालखबर
बैशाख २, २०८३ बुधबार १८:२८, काठमाडौँ

नेपाली कांग्रेसले उपसभापति र महामन्त्रीद्वयको कार्यविभाजन गरेको छ।

बुधबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले दुई जना उपसभापति र महामन्त्रीलाई विभिन्न समितिको जिम्मेवारी दिएको हो। कांग्रेसले उपसभापति पुष्पा भुषालको नेतृत्वमा इलेक्सन ब्युरो गठन गर्ने निर्णय गरेको छ। 

पार्टी प्रवक्ता देवराज चालिसे अनुसार इलेक्सन ब्युरो भन्ने नयाँ संरचना बनाएको छ। ‘इलेक्सन ब्युरो भन्ने नयाँ संरचना गठन गरेका छौँ। यसले निर्वाचनसँग सम्बन्धित सूचना लिने ट्रेन गर्ने तयारी गर्ने धेरै विषयहरू कामहरू गर्छ र यसका लागि कार्यविधि बनाइएको छ‚’ चालिसेले भने। 

अर्का उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा नीति प्रतिष्ठान समिति पनि गठन गरेको उनले बताए। ‘यो समितिले लिडरसिप ट्रेनिङ गराउने काम पनि गर्ने छ‚’ उनले भने। 

महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा क्रियाशील सदस्य व्यवस्थापन समिति गठन भएको छ। प्रवक्ता चालिसेका अनुसार पौडेलको नेतृत्वमा समिति सदस्यमा सहमहामन्त्रीद्वय योगेन्द्र चौधरी र प्रकाश स्नेही रहेका छन्। 

समितिले पार्टीको आसन्न १५औँ महाधिवेशनका लागि सदस्यता व्यवस्थापनका सबै काम गर्ने प्रवक्ता चालिसेले बताए। यस्तै अर्का महामन्त्री गुरुराज घिमिरेको नेतृत्वमा संगठन सञ्चालन समिति बनेको छ। समितिको सदस्यमा सहमहमान्त्रीद्वय बहादुरसिंह लामा र मुक्ता यादव छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad