ad ad

राजनीति


कांग्रेसले भन्योः नीति तथा कार्यक्रमले महामारीको संवोधन गरेन, कृषिमा ठूलो लगानी गरियोस्

कांग्रेसले भन्योः नीति तथा कार्यक्रमले महामारीको संवोधन गरेन, कृषिमा ठूलो लगानी गरियोस्

नेपालखबर
जेठ ३, २०७७ शनिबार १५:१,

नेपाली कांग्रेसले राष्ट्रपतिद्वारा शुक्रबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रमले देशले अहिले व्यहोरीरहेको समस्यालाई संबोधन गर्न नसक्ने बताएको छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको शनिबार बसेको संसदीय दलको बैठकले सो नीति तथा कार्यक्रमले नेपाली जनतालाई सुरक्षा प्रदान तथा राहत पुर्‍याउन पनि नसक्ने बताएको छ।

‘नोभल कोरोना भाइरसबाट प्रताडित जनतालाई आशा र भरोसा पनि दिलाउन सकेको छैन। नेपाली जनतालाई रोग तथा भोगबाट बचाउन सक्ने प्रतिबद्धता पनि प्रकट गरेको छैन। विद्यमान चुनौतिको सम्बोधन गर्ने र जनताप्रति उतरदायी नरहेको नीति र कार्यक्रम माथि नेपाली कांग्रेस संसदीय दलको बैठकले संशोधन पेश गर्ने निर्णय गर्‍यो,’ दलको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

अहिलेको महामारीको रोगबाट आक्रान्त नागरिकले भोली भोकमरीको सामना गर्ने अवस्था नआओस् भनी कृषि क्षेत्रमा ठूलो लगानी वृद्धि गर्न माग गरेकाो छ।

‘तत्काल कृषकहरुका लागि बिउविजन र मलको उचित व्यवस्थापन र बर्षायाममा हरेक वर्ष हुने बाढीपहिरो, प्राकृतिक विपत्तिको क्षतिले जनधन नोक्सान गर्दै पीडा माथि पीडा थप्ने काम नहोस्, यसका लागि सरकारले ठोस कदम चाल्नका लागि संसदीय दलको बैठकले जोडदार माग गरेको छ,’ कांग्रेसले भनेको छ।

कांग्रेसले कोरोना भाइरस (कोभिड १९) रोकथाम, न्यूनिकरण र संक्रमितहरुको उपचारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाउन जोड दिएको छ।

महामारीको कारणले लकडाउन पछिको अवस्थामा लाखौं मजदुर तथा श्रमिक, किसान, अध्ययनको शिलशिलमा आफ्नो घर बाहिर रहेको विद्यार्थी, अन्य रोगबाट ग्रसित विरामी एवं दीर्घरोगी, शारिरिक अशक्त तथा असाहय व्यक्तिहरुले कारुणिक पिडा झेल्नु परिरहेको हुँदा सरकारले उनीहरुको जीवनयापनको लागि उचित राहत पु¥याउन सरकारसँग माग गरेको छ ।

विदेशबाट नेपाल आउन चाहने नेपाली नगरिकका लागि सुरक्षित रुपमा नेपाल आउन र उनीहरुलाई स्वस्थ मापदण्ड अनुसारको उचित क्वारेन्टाईनमा राखी परिक्षण गर्दै संक्रमितहरुलाई उपचारको व्यवस्था र स्वस्थ व्यक्तिहरुलाई आफ्नो घर पुर्‍याउन यथोचित व्यवस्था गर्नुपर्ने कांग्रेसको माग छ।

कांग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायत नेपाली भूमिको अतिक्रमणको विरोध गर्दै आफ्नो भूमिको रक्षाको लागि सरकार संवेदनशील नरहेको र ठोस कदम चाल्न पनि मााग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .