ad ad

समाज


स्वास्थ्य मन्त्रालयको सूचनामा फेरि त्रुटिः कोरोनै नभएका व्यक्तिलाई संक्रमित भनेपछि...

स्वास्थ्य मन्त्रालयको सूचनामा फेरि त्रुटिः कोरोनै नभएका व्यक्तिलाई संक्रमित भनेपछि...

नेपालखबर
जेठ ३, २०७७ शनिबार १३:५०,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) संक्रमितको सूची सार्वजनिक गर्दा फेरि गल्ती गरेको छ।

शुक्रबार राति मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख दाङका तीन संक्रमितमध्ये तुलसीपुर उपहानगरपालिका वडा नम्बर ७ का ३४ वर्षीय पुरुष कोरोना नेगेटिभ अर्थात् संक्रमित नरहेको व्यक्ति भएको पत्ता लागेको हो।

शुक्रबार राति सवा ८ बजे जारी मन्त्रालयकाे विज्ञप्तिमा थपिएका ९ संक्रमितमा दाङका गढवा-४, ५ र तुलसीपुर-७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुष उल्लेख छ।

संक्रमित घोषणा गरिएका पुरुष र उमेर पनि मिलेपछि तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले फेसबुकमा लेखे, ‘तुलसीपुर उपमहानगरपालिका-७ का कोरोना देखिएका भनिएका व्यक्ति काठमाडौंको एक अस्पतालमा कार्यरत र काठमाडौंमै रहेको जानकारी गराइन्छ।’

Screenshot 90

त्यही आधारमा सञ्चारमाध्यमले ती व्यक्ति काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी भएको भनेर समाचार बनाए। तर शनिबार दिउँसो शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले विज्ञप्ति जारी गर्दै भने, ‘यस अस्पतालका कुनै पनि अस्पतालकर्मी कोभिड-१९ बाट संक्रमित भएको छैन।’

Health min 2

त्यसपछि खाेजी गर्दा पत्ता लाग्याे- वास्तवमा संक्रमित भनिएका व्यक्ति त तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का रहेछन्। उमेर पनि ४६ वर्ष। मन्त्रालयले जारी गरेको सूचनामा न ठेगाना मिल्यो न उमेर। बरु स्वास्थ्य मन्त्रालयले संक्रमित भनेका व्यक्ति त काेराेना परीक्षण गराएर पनि रिपाेर्ट नेगेटिभ देखिएका व्यक्ति रहेछन्। 

हालै शिक्षण अस्पतालमा उपचाररत कपिलवस्तुबाट आएकी ६ वर्षीया बालिका कोरोना संक्रमित पुष्टि भएकी थिइन्। त्यसपछि उपचारमा संलग्न डाक्टर, नर्ससहित ३८ जनाको स्वाब परीक्षण गरिएको थियो।तीमध्ये तुलसीपुर-७ घर भएका शिक्षण अस्पतालका स्वास्थ्यकर्मी पनि थिए, जसकाे रिपाेर्ट नेगेटिभ आइसकेको थियो।

‘हिजो (शुक्रबार) स्वास्थ्य मन्त्रालयको विज्ञप्तिअनुसार सम्बन्धित व्यक्तिको ट्रेसिङ गर्दा तुलसीपुर-७ हस्पिटलका कर्मचारीको रिपोर्ट नेगेटिभ भएको पाइयो तर सोही हस्पिटलमा बिरामी कुरुवा तुलसीपुर ४ का ४६ वर्षीय भएको सूचना प्राप्त भएको छ,’ शनिबार मेयर पाण्डेले फेसबुकमा फेरि लेखेका छन्, ‘यसतर्फ स्वास्थ्य मन्त्रालय र सम्बन्धित सबैको ध्यान जाओस्। सूचनाको स्रोतबाटै नै प्रस्ट नहुँदा धेरैलाई शंका र अप्ठ्यारो भएको छ।’

tulasipur

यसअघि पनि स्वास्थ्य मन्त्रालयले प्रदेश २ का ५ व्यक्तिको नाम दोहोर्याएर थप संक्रमित भनेर सूचना दिँदा भ्रम सिर्जना भएको थियो।

याे पनि: 

स्वास्थ्य मन्त्रालयको त्रुटिपूर्ण वक्तव्य, संक्रमितको संख्या २४५ मात्रै

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .