ad ad

समाज


काठमाडौं महानगरपालिकाका ९३१ सफाइ कर्मचारीमा कोरोना नेगेटिभ

काठमाडौं महानगरपालिकाका ९३१ सफाइ कर्मचारीमा कोरोना नेगेटिभ

नेपालखबर
जेठ ३, २०७७ शनिबार १५:१,

कोरोना संक्रमणको आशंकामा स्वाबको पीसीआर परीक्षण गरिएका काठमाडौं महानगरपालिका कार्यालयका ९३१ सफाइ कर्मचारीको रिपोर्ट नेगेटिभ अर्थात् कोरोना भाइरस नरहेको आएका छन्।

महानगरपालिका कार्यालयका सहसचिव राजेश ज्ञवाली शनिबार ट्विटमार्फत यो जानकारी दिएका हुन्।

शुक्रबार गरिएको आरडीटी परीक्षणमा ३१ सफाइकर्मीको रिपोर्ट पोजिटिभ आएको थियो। त्यसपछि कोरोना हो कि होइन भनेर निश्चित गर्न उनीहरूसहित अन्य शंकास्पदसमेत गरी ९३१ जनाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो।

सबैको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई आज शनिबार घर पठाइएको सहसचिव ज्ञवालीले जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .