कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग काठमाडौँ र चितवनमा दुई वटा घर छन्।
श्रीमान गृहन्द्र घिमिरेको नाममा काठमाडौँ क्षेत्र नं ३ मा र सासु आमा कृष्ण देवीको नाममा चितवनमा घर रहेको सार्वजनिक भएको विवरणमा उल्लेख छ।
गौतमले ५ वटा बैंकमा १० लाख ५० हजार ३३५ रुपैयाँ मौज्दात रहेको उल्लेख गरेकी छन्। उनले १५ तोला सुन, ९ तोला चादी र १ तोला हिरा पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन्। उनको र श्रीमानको नाममा छुट्टा छुट्टै गाडी छन्।
गौतमका नाममा २६ लाख र श्रीमान गृहेन्द्र घिमिरेको नाममा ९५ लाख रुपैयाँको गाडी छ। यी दुवै सवारी खरिद गर्दा ४५ लाख ऋण लिएको र बाँकी रकम तलब र पुरानो गाडी साटेको उनले विवरणमा उल्लेख छ। यस्तै एउटा स्कुटर पनि उनीहरुसँग छ।
यस्तै ग्लोब ट्रट हिमालय टुर्स एण्ड ट्रेक्स प्रालिमा ५० प्रतिशत शेयर गौतमको छ। सोपान मल्टिपल कम्पनीको ६ हजार ५०० कित्ता शेयर छ।
Shares

प्रतिक्रिया