ग्लोबल


भिडिओ सार्वजनिक गर्दै इरानको दाबी: अमेरिकी युद्धपोतलाई लखेट्यौँ

भिडिओ सार्वजनिक गर्दै इरानको दाबी: अमेरिकी युद्धपोतलाई लखेट्यौँ

नेपालखबर
चैत २९, २०८२ आइतबार २१:३५, काठमाडौँ

इरानले होर्मुज स्ट्रेटबाट अमेरिकी युद्धपोतलाई लेखेटेको दाबी गरेको छ। 

यस विषयमा इराकको नजफस्थित इरानी वाणिज्य दूतावासले सामाजिक सञ्जालमा भिडिओसमेत सार्वजनिक गरेको छ। 

इरानी वाणिज्य दूतावासले लेखेको छ, ‘हामी तपाईंलाई यो भिडिओ हेर्न अनुरोध गर्छौँ। ४० दिनअघि शत्रुले इरानी नौसेनालाई नष्ट गरेको दाबी गरेको थियो, जबकि एक इरानी युद्धपोतले चेतावनीसहित होर्मुज स्ट्रेटबाट शत्रुका युद्धपोतहरूलाई भगाएको थियो।’

अगाडि लेखिएको छ, ‘एउटा इरानी लडाकु विमानले शत्रुलाई चेतावनी दिएको थियो- तिमी १० माइलभन्दा नजिक आयौ भने हामी गोली हान्नेछौँ।’

भिडिओ

इरानी वाणिज्य दूतावासले सामाजिक सञ्जालमा सार्वजनिक गरेको घटनाको भिडिओ इरानको सरकारी प्रेस टीभीले प्रसारण गरेको छ।

भिडिओमा एउटा युद्धपोत देखाइएको छ र पृष्ठभूमिमा चेतावनी सुनिन्छ, ‘तिमीहरू यहाँबाट तुरुन्तै हिन्द महासागरतिर जाऊ। यदि आदेश मानेनौ भने तिमीहरूमाथि आक्रमण गरिनेछ।’

चेतावनी तीनपटक दोहोर्‍याइएको छ। त्यसपछि अमेरिकी युद्धपोत टाढा सरेको देखिन्छ।

तर यो घटना कुन दिन भएको हो भन्ने कुरा स्पष्ट छैन।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad