विद्युतीय चुरोट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा मात्र होइन १० जना सरकारी कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
देश र जनताको सेवा गर्ने सपथ खाएका 'राष्ट्रसेवक' हरू नै तस्करको मतियार बनेको निष्कर्ष निकाल्दै अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा लगेको हो। यो प्रकरणमा महरा र उनका छोरा राहुल मात्र नभई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका तत्कालीन 'हस्ती' कर्मचारीहरूको समेत मिलेमतो देखिएको अख्तियारको दाबी छ।
मुद्दा दायर गरिएका कर्मचारीहरूमा तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृतद्वय मुक्तिप्रसाद श्रेष्ठ र अम्बिकाप्रसाद खनाल छन्।
त्यस्तै, भन्सार अधिकृतहरू रमेशकुमार खतिवडा र सुबेन्द्र श्रेष्ठ, तथा नायब सुब्बाहरू सुवर्णाप्रभा केसी, भुवनराज घिमिरे, उमेशप्रसाद कोइराला, रेवन्त खड्का र मधुसुदन पोखरेललाई पनि विपक्षी बनाइएको छ।
अख्तियारले यी १० जना कर्मचारीविरुद्ध ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ एकमुष्ट बिगो दाबी गरेको छ।
यो पनि: पूर्वसभामुख महरा र सहसचिव पोखरेलसहित २८ जनामाथि यस्तो छ अख्तियारको आरोप
Shares

प्रतिक्रिया