बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका–९ घर भएकी ४७ वर्षीया कुमारी मगर तामाङ रहेकी छन्।
उनले पोर्चुगल पठाइदिने बहानामा एक व्यक्तिबाट पाँच लाख लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तामाङलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ।
78
Shares

प्रतिक्रिया