राजनीति


प्रधानमन्त्री शाहले गरे मन्त्रीहरूको मर्यादाक्रममा व्यापक हेरफेर

प्रधानमन्त्री शाहले गरे मन्त्रीहरूको मर्यादाक्रममा व्यापक हेरफेर

नेपालखबर
चैत २४, २०८२ मंगलबार १३:५, काठमाडौँ

मन्त्रिपरिषद् गठन भएको १२ दिनमै  प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीहरूको मर्यादाक्रममा व्यापक हेरफेर गरेका छन्। 

मंगलबार प्रधानमन्त्री शाहको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका हुन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन्। 

मन्त्रिपरिषद्को मर्यादाक्रममा दोस्रो नम्बरमा अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत रहेका छन्। यसअघि तेस्रो नम्बरमा रहेका गृहमन्त्री सुधन गुरुङलाई पाँचौँ नम्बरमा झारिएको छ। त्यस्तै, चौथो नम्बरमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाललाई तेस्रो नम्बरमा ल्याइएको छ। 

यसअघि पाँचौ नम्बरमा रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साललाई छैटौँ नम्बरमा राखिएको छ। छैटौँ नम्बरमा रहेका उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठलाई चौथो नम्बरमा ल्याइएको छ। 

यसअघि सातौँ नम्बरमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेललाई १२औँ नम्बरमा राखिएको छ। आठौँ नम्बरमा रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई ११औँ नम्बरमा राखिएको छ। 

यसैगरी, नवौँ नम्बरमा रहेकी स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतलाई १०औँ नम्बरमा राखिएको छ भने यसअघि १०औँ नम्बरमा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनालाई १३औँ नम्बरमा राखिएको छ। 

यसअघि ११औँ नम्बरमा रहेकी संघीय मामिला तथा सामान्य प्रशासननमन्त्री प्रतिभा रावललाई नवौँ नम्बरमा ल्याइएको छ। यसअघि १२औँ नम्बरमा रहेकी कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई सातौ नम्बरमा ल्याइएकी छन्। 

यसअघि १३औँ नम्बरमा रहेकी कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीलाई १४औँ नम्बरमा राखिएको छ भने यसअघि १४औँ नम्बरमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई अन्तिममा राखिएको छ। 

यसअघि अन्तिममा रहेकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीलाई आठौँ नम्बरमा ल्याइएको छ। 

मन्त्रीहरूको पहिले र अहिलेको मर्यादाक्रम।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad