राजनीति


खड्काले भने- सदस्यता अध्यावधिक नगरेको निहुँमा महाधिवेशनमा सहभागी हुनबाट कसैले रोक्न सक्दैन

खड्काले भने- सदस्यता अध्यावधिक नगरेको निहुँमा महाधिवेशनमा सहभागी हुनबाट कसैले रोक्न सक्दैन

नेपालखबर
जेठ २४, २०८३ आइतबार १९:४६, काठमाडौँ

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता नवीकरण र नयाँ लिएकाहरूलाई १५ औँ महाधिवेशनमा भाग लिन कसैले रोक्न नसक्ने बताएका छन्।

संस्थापन पक्षले क्रियाशील अद्यावधिक नगरिए महाधिवेशनमा भाग लिन नमिल्ने बताउँदा खड्काले यस्तो बताएका हुन्।

आइतबार साँझ उनले फेसबुकमा लेखेका छन्, ‘हामीले १५औँ महाधिवेशनका लागि नवीकरण गराएका र नयाँ क्रियाशील सदस्यता लिएका साथीहरूलाई अध्यावधिक नगरेको निहुँमा कसैलाई १५औँ महाधिवेशनमा भाग लिनबाट कसैले बन्चित गर्न–गराउन सक्दैन।’

यस्तै १५ औँ महाधिवेशनका लागि नवीकरण गराएका र नयाँ क्रियाशील सदस्यहरूलाई अद्यावधिकको नाममा दबाब दिने काम पार्टी जीवनका लागि अत्यन्त घातक हुने भन्दै उनले नेतृत्वको ध्यानाकर्षण गराए।

‘सबैलाई महाधिवेशनमा स्वतः भाग लिन पाउने व्यवस्थाको सुनिश्चितता गर्नु हाम्रो जिम्मेवारी हो– ढुक्क हुनुस्। नेताहरूको क्रियाशील सदस्यता अध्यावधिक स्वतः केन्द्रले गराई दिन्छ भन्ने २ दिन देखि फैलाईएका अफवाहरू पार्टी पङ्तिमा भ्रम पार्न गराईएका हल्ला मात्र हुन्,’ उनले लेखेका छन्।

यस्तै उनले विभिन्न सामाजिक संजाल र संचार माध्यममा आएका विभिन्न भ्रमपूर्ण हल्लाबाट प्रभावित नहुन पार्टीका सबै सदस्यहरूलाई आग्रह पनि गरेका छन्। सभापति गगन थापासँग ३१ दिन यता कुनै संवाद नभएको खड्काले खुलासा गरेका छन्।

२ महिनादेखि पार्टीको सम्पूर्ण एकताको लागि ईमान्दार प्रयत्न गर्दा पनि खासै कुनै प्रगति नभएको खड्काको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad