राजनीति


नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न

नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न

संसदमा बोल्दै एमाले सांसद ऐनबहादुर महर। फोटो: सरोज नेपाल


नेपालखबर
चैत २३, २०८२ सोमबार १६:८, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद ऐन महरले प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै वर्तमान सरकारको कूटनीतिक प्राथमिकताप्रति संवेदनशील प्रश्न उठाएका छन्।

विशेषगरी बेइजिङलाई वर्तमान सरकारले दिने प्राथमिकतालाई संकेत गर्दै महरले सदनमा भने, 'चीनका बारेमा सरकार त्यति धेरै सकरात्मक छैन होला वा त्यति सुन्न चाहँदैन होला', सांसद महरले संसदमा बोल्दै भने, 'तर पनि मैले चीनमा कम्युनिस्ट पार्टी १९२१ स्थापना हुँदा त्यहाँको कम्युनिस्ट युथ लिग अफ चाइना १९२२ मा स्थापना भएको थियो। चीनमा ७ करोड ३६ लाख सदस्य रहेको विद्यार्थी संगठन छ।' 

उनले सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना र त्यसको एक वर्षपछि नै गठित कम्युनिष्ट युथ लिग अफ चाइनाको ७ करोड ३६ लाखभन्दा बढीको विशाल संगठनात्मक संरचनाको उदाहरण दिँदै विद्यार्थी संगठनको वैश्विक अभ्यासलाई नजरअन्दाज गर्न नहुने तर्क गरे। लोकतान्त्रिक र विकसित मुलुकहरूको अभ्यासलाई जोड्दै महरले थपे, 'भारत, अमेरिका र बेलायतको कुरा गर्नुहुन्छ भने त्यहाँका सबै कलेज र विश्वविद्यालयमा विद्यार्थी संगठनको सक्रिय उपस्थिति छ।'

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको विद्यार्थी आन्दोलनबाटै राष्ट्रिय राजनीतिमा स्थापित भएका उनले विश्वभरका राजनीतिक प्रणालीमा युवा र विद्यार्थी संगठनको भूमिका अपरिहार्य हुने दाबी गरे। पछिल्लो समय सरकारले शैक्षिक संस्थाहरूबाट विद्यार्थी संगठनलाई प्रतिबन्ध लगाउन सक्ने चर्चा राजनीतिक वृत्तमा चलिरहेका बेला महरको यो भनाइ आएको हो।

सांसद महरको यो भनाइलाई राजनीतिक विश्लेषकहरूले केवल विद्यार्थी राजनीतिको सन्दर्भमा मात्र नभई, वर्तमान सरकारले छिमेकी र अन्य मित्रराष्ट्रका संस्थागत संरचना र इतिहासलाई बुझ्नुपर्ने कूटनीतिक आवश्यकताका रूपमा अर्थ्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad