नेपाली कांग्रेसको संस्थापन इतर समूहका युवा नेताहरूले ‘बृहत् युवा भेला’ गर्दै छन्।
कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल गर्न इतर समूहका युवाहरूले जेठ ३० गते युवा भेला गर्न लागेका हुन्।
युवा नेता भुपेन्द्रजंग शाहीका अनुसार दवदुर्गा पार्टी भेन्यु सुकेधारामा हुने भेलाका लागि ५ एजेन्डा तय गरिएको छ।
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसको केन्द्रीय कार्यसमिति र भ्रातृ संस्था तदर्थ कार्यसमिति खारेजीका साथै क्रियाशील सदस्यता अद्यावधिकको नाममा हुने धाँधली अन्त्य, आगामी भदौभित्र महाधिवेशन र पार्टीमा युवा पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने एजेन्डा तय गरिएको शाहीले बताए।
भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइराला निकट युवाहरूको सहभागिता हुनेछ।
दुवै समूहका सबै युवा नेताहरूको आयोजनामा हुने भएको संयोजन नेताहरू भुपेन्द्रजंग शाही, ध मेन्द्र नेम्वाङ, खगेन्द्र मल्ल, दीपक भट्टराई मनोहरि श्रेष्ठ, दुजाङ शेर्पा, प्रेमिका राना, सागर परियार, रिता शाही, मैना कार्की, चन्दा जोशीसहितले गरिरहेका छन्।
Shares

प्रतिक्रिया