प्रतिनिधि सभाको नयाँ नियमावली बनाउन नियमावली मस्यौदा समिति गठन गएिको छ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुली नेतृत्वमा प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गरिएको हो। नियमावली मस्यौदा समिति गठनका लागि रास्वपा सांसद कविन्द्र बुर्लाकोटीले प्रस्ताव गरेको समितिको सभापतिमा गणेश पराजुली र सदस्यहरूको नाम सर्वसम्मतिले स्वीकृत भएको छ।
समिति सदस्यहरूमा डा. ओजश्वी शेरचन, ऐन महर, खुस्बु ओली, खगेन्द्र सुनार, गजलासमिम मिश्रानी, तपेश्वर यादव, ध्रुवराजव राई, निशा डाँगी, निश्कल राई, वलावती शर्मा, मधु चौलागाई, रेखाकुमारी यादव, यज्ञमणि न्यौपाने, सुलभ खरेल रहेका छन्।
समितिले सभामुखको निर्देशनमा कार्यविधि बनाउनेछ भने आवश्यक देखेमा विशेषज्ञको सहयोग लिन सक्नेछ। समितिको कार्यावधि १४ दिनको तोकिएको छ।
Shares

प्रतिक्रिया