नेपाली सेनाका दुई जना सहायक रथी उपरथीमा बढुवा भएका छन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सहायकरथी पदमबहादुर बुढा र पवन खत्रीलाई रिक्त उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो।
उनीहरुलाई बढुवा गर्नका लागि नेपाली सेनाले छुट्टा छुट्टै मितिमा सूचना प्रकाशित गरेर प्रक्रिया अगाडि बढाइसकेको थियो।
सेनाको फाइल रक्षा मन्त्रालय हुँदै आइतबार मन्त्रिपरिषद् बैठकमा पेश भएपछि निर्णय भएको रक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ।
सहायक रथी बुढा तालिम निर्देशनालयमा र खत्री सुदूरपश्चिम पृतनामा कार्यरत थिए। उपरथी सुनिल श्रेष्ठ र विष्णु राउत अवकास भएपछि दुई जना उपरथी पद रिक्त भएको थियो। रिक्त भएपनि सेनाले बढुवाको प्रक्रिया अगाडि बढाएको थियो।
अहिले राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र सैनिक मुख्यालयको कार्यरथी विभागमा उपरथी रिक्त छ। दज्र्यानी चिन्ह प्रदान गरेसँगै उपरथी बुढा र खत्रीले जिम्मेवारी सम्हाल्नेछन्।
Shares

प्रतिक्रिया