राजनीति


संसद्‌मा भीष्म आङदेम्बेले भने- संसद् भवनको खरानीलाई सम्झौँ

संसद्‌मा भीष्म आङदेम्बेले भने- संसद् भवनको खरानीलाई सम्झौँ

नेपालखबर
चैत १९, २०८२ बिहिबार १५:२३, काठमाडौँ

नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बसिरहँदा संसद् भवनको खरानी पनि सम्झनुपर्ने बताएका छन्। 

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै आङदेम्बेले भने गत भदौ २३ र २४ को जेनजी आन्दोलनलाई समान रुपमाले हेर्नुपर्ने बताए। 

भीष्म आङदेम्बेको सम्बोधनको पूर्णपाठ: 

प्रतिनिधि सभाको यो पहिलो बैठकमार्फत हामी आज नयाँ यात्रा प्रारम्भ गरिरहेका छौँ। हामीले आज सुरुआतकै दिन संकल्प गर्नुछ, हामी नागरिकमा नयाँ आशारनयाँ विश्वास जगाउन सकौँ। यो घडीमा म आह्वान गर्दछु- सबैले एक्यवद्ध भएर २००७ सालको क्रान्तिदेखि पछिल्लो जेनजि विद्रोहसम्ममा जीवन गुमाएका सबै सहिदलाई स्मरण गरौँ।

२०४६ सालको जनआन्दोलन, दस वर्ष लामो सशस्त्र बिद्रोह, २०६२/६३ को जनान्दोलन, मधेस आन्दोलन, थरुहट अनि आदिवासी जनजातिका अनेक प्रदर्शन र त्यस क्रममा भएका कयौँको सहादतलाई आज एक मुस्ट स्मरण गरौँ। हामी एकै थलोमा भएर पनि भिन्नभिन्न आस्था र विचार बोकेर यहाँ छौं, तर भिन्न रहेपनी एउटै नौकामा छौं। डुबे सबै डुब्छौं, सँगै डुब्छौं, उठे सबै उठ्छौं,सँगै उठ्छौं। दल भिन्न होला, देश एउटै हो। त्यसैले आज ईमानको पसिना बगाउने संकल्प गरौं, अनि संकल्प गरौं( अब फेरि कसैले रगत बगाउनु नपरोस्।

२० संसदीय प्रणाली सबैको साझा बाटो 

फागुन २१ को निर्वाचनमा उत्साहसाथ ठूलो संख्यामा सहभागी भएर समस्त नेपाली आमाबुबा, दिदिबहिनी, दाजुभाइले लोकतन्त्रप्रतिको बलियो निष्ठा प्रकट गर्नुभएको छ। विपि कोइरालाले नेपालका लागि सबैभन्दा उपयुक्त बाटो भनेर  प्रस्तावित गरेको संसदीय लोकतान्त्रिक प्रणाली सबै राजनैतिक दल, सबै पुस्ता र सबै मतदाताबाट एकपटक फेरि अनुमोदित भएको छ।

कुनै बेला संसदीय प्रणाली तत्कालीन राजाहरूको प्रहारमा पर्‍यो, आज राजतन्त्रका पक्षमा रहेका मित्रहरू पनि यहि संसदमा अट्नु भएको छ।

कुनैबेला संसदीय प्रणाली ढालेर बल प्रयोगबाट राज्यसत्ता कब्जा गर्ने ऎलान गरेको माओवादी पार्टीका मित्रहरू पनि आज यहि संसदमा शान्त र भद्र र भलाद्मी भएर बस्नुभएको छ।

कुनैबेला काँग्रेसले अपनाएको बाटोका विपक्षमा खरो उभिएर, अब दलहरूबाट देश चल्दैन भन्ने मित्रहरू पनि नयाँ दल खोलेर, सबैभन्दा ठूलो दल बनेर यहाँ उपस्थित हुनुन्छ।

रुखको साझा छहारी जस्तो यो संसदीय प्रणालीमा आज तपाईं सबैलाई स्वागत गर्न पाउँदा म हर्षित छु। नेपाली काँग्रेस निर्वाचनबाट दोस्रो दल बनेपनी, पार्टीले बोकेको सिद्धान्त, बिचार र बाटो अझ सबल र अझ सफल बनेको छ। यो घडी काँग्रेस पार्टीका प्रत्येक सदस्यले बिशेष सन्तोष व्यक्त गर्न मिल्ने घडी हो, म यतिबेला ती प्रत्येक आदरणीय साथीलाई यो रोस्ट्रममा उभिएर स्मरण गर्न चाहन्छु।

सबैलाई बधाई र सबैलाई शुभकामना

नेपाली काँग्रेस ञनिरन्तरतामा नविनताझ भन्ने दृष्टिकोण राख्दछ। त्यसैले हरेक कालखण्डमा कि त हरेक परिवर्तनको नेतृत्व काँग्रेसले गर्दै आयो, कि त अरुले उठाएको जायज मुद्दालाई निष्कर्षमा काँग्रेसले नै पुर्‍यायो। त्यस हिसाबले काँग्रेस जेन(जि बिद्रोहले उठाएका मुद्दालाई पनि निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध छ। एक जिम्मेवार प्रतिपक्षी दलका रुपमा यो परिवर्तनलाई साथ दिन, सघाउन र खबरदारी गर्न काँग्रेस प्रतिबद्ध छ।
 
परिवर्तनको स्वर र भावनालाई आत्मसात गरेर नेपाली काँग्रेसको बिशेष महाधिवेशनले विभिन्न दृष्टिकोण पारित गरेको म यहाँ स्मरण गराउन चाहन्छु। विपि कोइरालाले नेतृत्व गरेर प्रारम्भ भएको काँग्रेस सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा हुँदै आज बिशेष महाधिवेशनबाट गगन थापालाई सभापति बनाएर बदलिएको समय र बदलिएको समाज अनुरुपको रुपान्तरणमा प्रवेश गरेको छ।

तर छोटो समयमा परिवर्तनको त्यो सन्देश नागरिक पंक्तिमा पुर्‍याउन सकिएन। तर आगामी दिनमा आफुभित्र, आफ्नो दलभित्र, सबै दलहरूभित्र र समग्र राजनीतिको शैली र ब्यवहारलाई देशमा भएको परिवर्तन अनुरुप रुपान्तरण गरेर अघि बढ्नुपर्छ भन्नेमा प्रमुख प्रतिपक्षी दलका रूपमा हामी प्रष्ट छौं।

अत यो घडी पहिलो दलका रुपमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी र यसको नेतृत्व, नयाँ प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताका लागि म नेपाली काँग्रेस पार्टी र मेरो व्यक्तिगत तर्फबाट पनि शुभकामना दिन चाहन्छु।

फागुन २१ मा सम्पन्न निर्वाचनबाट निर्वाचित सबै दलका प्रत्येक माननीय सदस्यलाई पनि म यो घडीमा बधाई ज्ञापन गर्दछु।

आशालाई विश्वासमा बदलौं

यो संसदले एक ढिक्का रहेर गर्नुपर्ने एउटा प्रधान काम भनेको नागरिक पंक्तिमा आशा र विश्वासलाई निरन्तर जगाउने र निरन्तर जोगाउने हो। बितेको ३५ बर्षमा देशमा केही पनि भएन भन्ने, निराशाको भाष्य जनजनमा पुगेको छ। यसलाई हामीले चिर्न सक्नुपर्छ।
बितेको ३५ बर्षको अवधिलाई यसो फर्केर हेरौं त: 

दस बर्ष लामो सशस्त्र द्वन्द्व यहि अवधिमा भयो  िहजारौंको मृत्यु भयो र अर्बौंको ध्वंस भयो। राजाले निर्वाचित सरकार भंग गरेर यहि अवधिमा निरंकुश सत्ता चलाए। यहि अवधिमा देशले दुई र दुई पटक भुकम्पको सामना गर्‍यो।

हजारौंको मृत्यु भयो, अनि अर्बौंको क्षति भयो। यहि अवधिमा विश्वव्यापी कोरोना महामारीबाट हाम्रो देश पनि ग्रस्त भयो, त्यसले हाम्रा हजारौं आफन्तको मृत्यु भयो अनि मुलुकको अर्थतन्त्र पनि जोखिममा पुग्यो।

यस्तो अनेक प्रतिकुलता र अनेक संकटका बिच पनि देशमा प्रगतिका केही काम भएका छन्। म मेरै गाउँका, तपाईंको गाउँका आदरणीय आमाबुबा, दिदीबहिनी, दाजुभाइलाईयहीँबाट आग्रह गर्न चाहन्छु यसो सोच्नुस् त, गाउँमा आएको बाटो ०४६ को परिवर्तनपछि आएको हो कि होईन?

टुकि र दियालोमा बांच्न अभिषप्त जिन्दगी र घरहरुमा आज बलेको बिजुलि यहि अवधिमा जोडिएको होईन कि होइन? हिजो भन्दा आज धेरै गाउँमा र धेरैका आँगनमा पुगेको खानेपानीको सुविधा यहि अवधीमा निर्माण गरिएका परियोजना र जोडिएका धाराबाट आएको हो कि होइन?

गाउँमा दुस्खसुख खुलेका स्वास्थ चौकी अनि बिमाको नीति के यहि अवधिमा शुरु भएको होईन र? अनि म शोध्न चाहन्छु- दुर्गम गाउँको पनि हातहातमा पुगेको संचार सुविधा यो देशमा केही पनि नभएको उदाहरण हो कि केही शुरुआत भएको नमूना हो? बैंक, वित्तीय संस्थाहरु, एयरलाइन्सहरु, संचार माध्यमहरु लगायत निजिक्षेत्रको यत्रो बिस्तार के यहि अवधिमा देशले गरेको एउटा प्रगति होइन र?

हो यो भन्दा बढी हुनसक्थ्यो, हुनुपर्दथ्यो। तर एकातिर अनेक प्रतिकुलताका कारण हुन सकेन, अर्कातिर हाम्रा शासकीय कमजोरीका कारण हुन सकेन। यसप्रती हामी आत्मालोचित छौं। तर जो भए, ती सबै हामी सबैका प्रयासले भए।

अर्थात केही पनि भएन भन्ने निराशा सत्यको जगमा उभिएको छैन। हामीले भएको कुरा नागरिकलाई बुझाएर, गर्न बाँकी धेरै धेरै कामहरू पूरा गर्ने संकल्प गर्नुछ। यो संसदले त्यो यात्रामा नागरिकलाई विश्वासमा लिएर अघि जानुछ।

भदौ २३ र २४ को प्रश्न 

आज हामी जहाँ यो बैठक बसिरहेका छौं यो हाम्रो संसद भवन होईन। हाम्रो संसद भवन भदौ २४ गते खरानी भयो।यो बेला त्यो खरानीलाई सम्झौं, अनि संकल्प गरौं हामी यसरी काम गरौं ताकी भविस्यमा यो देशलाई खरानी बनाउन कोहि अघि नसरुन्।

किन खरानी भयो संसद भवन रु किन जल्यो सिंहदरबार रु किन ध्वस्त बनाइए अनेकौं भौतिक संरचना रु म सभामुख महोदय सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु भदौ २३ र २४ दुवै दिनका घटनालाई एकएक केलाउन जरुरी छ।

कसैले २३ गतेको घटना देख्ने २४ को नदेख्ने। कसैले २४ को ध्वंस देख्ने, २३ को दमन नदेख्ने। यो प्रवृत्ति एकदम गलत छ। हुँदाहुँदा सरकारले बनाएको जाँचबुझ आयोगले सम्म २३ गतेको घटनाको अनुसन्धान गर्‍यो, कार्वाहीको सिफारिस गर्‍यो। तर २४ को घटनाको अनुसन्धान गर्न भ्याइएन भन्यो। यो कस्तो तरीका हो रु पटकपटक समय थप्ने, तर समय पुगेन भन्ने यो कर्म जाँचबुझ आयोगमा रहेका व्यक्तिहरुबाट नियतवश भएको होईन भनेर भन्न मिल्ने देखिन्न।

नयाँ प्रधानमन्त्रीजिलाई म ध्यानाकर्षण गराउन चाहन्छु, जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्ने कि सरकारले पनि गोर्खापत्रमा पढ्ने रु म आग्रह गर्न चाहन्छु( सरकारले सुझबुझपुर्ण ढंगले कानुन र प्रक्रियाको मर्यादा राखेर आफुलाई प्रस्तुत गरोस्  िकाँग्रेस दोषी कोहि उम्किनुहुन्न, निर्दोष कोहि फँस्नुहुन्न भन्ने मान्यता बिगतदेखिनै बोक्दै आएको छ। यो मान्यतामा हामी आज पनि प्रष्ट र दृढ छौं।

सुशासन र समुन्नतिको यात्रा 

जेनजी बिद्रोह जस्तै बिद्रोह र बिस्फोट भविस्यमा हुन नदिन हामीले साँच्चै नयाँ र दुरदर्शि ढंगले सोच्न र काम गर्न जरुरी छ। किन बितेको ७५ बर्षमा कुनै पनि प्रधानमन्त्रीले लगातार ५ बर्ष शासन गर्न सकेनन् रु म शोध्धिन आजका नयाँ प्रधानमन्त्रीको नियतिमा के लेखिएको छ रु बरु म पूरा कार्यकालका लागि उहाँलाई शुभकामना दिन चाहन्छु। तपाईंलाई देशका लागि राम्रो गर्न हाम्रो प्रष्ट साथ रहनेछ।

तर संविधान विपरीत कुनै कर्म भए, नागरिकले गरेको अपेक्षा विपरीत कार्य भए, हामी खबरदारी गरेर अघिल्तिर उभिनेछौं। हामी चाहन्छौं नयाँ संसद र नयाँ सरकारले समाजमा आपसी सद्भाव, राज्य प्रशासनमा सुशासन र समग्रमा समुन्नतिको यात्रालाई गतिशील बनाउन ध्यान केन्द्रित गरोस्।

अन्त्यमा, आज क्भभ को परिक्षा दिइरहेका बिद्यार्थीहरुलाई शुभकामना दिँदै म सरकार , संसद र सबै राजनैतिक दललाई ध्यानाकर्षण गराउँदछु ( ती बिद्यार्थीको सफलता तिनले उत्तरपुस्तिकामा के लेख्छन् भन्नेमा मात्रै होईन, हामी अब संसद र सरकारमा रहेर के गर्छौं भन्नेमा तिनको जिन्दगीको सफलता या असफलता छ। हामीले काम गर्दा तिनै किशोर किशोरीको भावना र भविस्यलाई केन्द्रमा राखेर काम गर्नुछ। 

अन्त्यमा म नेपाली काँग्रेसका तर्फबाट सबैलाई फेरिपनी सम्मान गर्दै निर्वाचन सम्पन्न गराउन निरन्तर दृढ साथ दिने सम्माननिय रास्ट्रपति रामचन्द्र पौडेल, नेतृत्व गर्ने श्रद्देय शुसिला कार्कि र उहाँको नेतृत्वको सरकार, अनि अहोरात्र खटेर निर्वाचन सम्पन्न गराउने निर्वाचन आयोग, सबै सुरक्षा निकाय, निर्वाचन प्रहरी र सबै आदरणीय पत्रकार मित्रहरूमा श्रद्धा प्रकट गर्दछु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad