नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले भदौ २४ गतेको विध्वंस किन र के उद्धेश्यको लागि भएको थियो भन्दै सरकारसँग जवाफ माग गरेका छन्।
बिहीबार पहिलो पटक बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कुन उद्धेश्यका लागि सिंहदरबार, राष्ट्रपति निवास, संसद भवन जलाइएको हो सो को कारण खोज्नुपर्ने बताए।
‘सिंहदरबार किन जलाइयो? संसद भवन किन जलाइयो?’ उनले प्रश्न गरे, ‘आज कुन उद्धेश्यको पूर्ती गर्न देशव्यापी रुपमा दमनचक्र र राज्य आतङक मच्चाइदैँछ?’
उनले रास्वपाले जादुमय विजय हासिल गर्न बाह्य शक्तिले काम गरेको आरोप पनि लगाए।
‘अदृश्य शक्तिहरू, टिओबी, अल्गोरिदम, मिडिया ट्रायलबाट प्राप्त यो चमत्कारिक विजय आएको छ,’ बादलले भने।
उनले शान्ति र समृद्धिका नायकलाई हटाएर खलपात्रलाई महानायक बनाएको बताए।
102
Shares

प्रतिक्रिया