ad ad

राजनीति


जिल्ला प्रशासन कार्यालय झापाले दियो- पूर्व राजा ज्ञानेन्द्र शाहलाई सवारी पास

जिल्ला प्रशासन कार्यालय झापाले दियो- पूर्व राजा ज्ञानेन्द्र शाहलाई सवारी पास

नेपालखबर
जेठ २, २०७७ शुक्रबार ३:५६,

जिल्ला प्रशासन कार्यालय झापाले सवारी पास दिएपछि पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ तर्फ लागेका छन्।

दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट उनी शुक्रबार बिहान सवारी साधन पास लिएर काठमाडौं तर्फ लागेका हुन्।

कोभिड-१९ को रोकथामका लागि सरकारले चैत ११ गते बन्दाबन्दी लागू गर्नुअघि नै उनी झापा आएका थिए। प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल शाहसहित पाँच जनाको सवारी पास जारी गरिएको जानकारी दिए।

पूर्वराजा शाहका तर्फबाट उनको सचिवालयले काठमाडौंँ जानका बिहीबार झापा जिल्ला प्रशासन कार्यालयमा सवारी पासका लागि इमेलबाट निवेदन पठाएको थियो।

निवेदनका आधारमा प्रशासन कार्यालयले शाहलाई काठमाडौं जान पास दिएको थियो। तर गृह मन्त्रालयको स्वीकृति नलिई सवारी पास दिन नपाइने भएपछि प्रशासन कार्यालयले दिएको पाससमेत रद्ध गरेको थियो। सवारी पास रद्ध भएपछि बिहीबार काठमाडौं आउने तयारीमा रहेका उनी उतै अड्केका थिए। 

अन्तरजिल्ला सवारी पासका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलमा निवेदन पठाएपछि मन्त्रालयले स्वीकृति प्रदान गरेको प्रजिअ रानाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .