ad ad

समाज


भारतमा कोरोना संक्रमितको संख्या ८२ हजार, एकै दिन चार हजार थपिए

भारतमा कोरोना संक्रमितको संख्या ८२ हजार, एकै दिन चार हजार थपिए

नेपालखबर
जेठ २, २०७७ शुक्रबार ३:५,

भारतमा कोरोना भाइरस संक्रमितको संख्या निरन्तर उच्च दरमा बढ्दै गएको छ। हिजो एकै दिन त्यहाँ झण्डै चार हजार नयाँ संक्रमित थपिएका छन्।

बिहीबार भारतमा तीन हजार नौ सय ४२ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै त्यहाँ संक्रमितको संख्या ८१ हजार ९ सय ९७ पुगेको वर्ल्डओमिटरले जनाएको छ।

गएको २४ घण्टामा त्यहाँ कोरोना संक्रमणको कारण ९८ जनाले ज्यान गुमाएका छन्। भारतमा अहिलेसम्म मृतकको संख्या २ हजार ६ सय ४९ पुगेको छ।

अहिलेसम्म त्यहाँ २७ हजार ९ सय ६९ जना संक्रमित उपचारपछि निको भएका छन्। भारतमा ५१ हजार ३ सय ७९ जना उपचारको क्रममा छन्।

कोरोना संक्रमण बढ्दै गएपछि विगत दुई महिनादेखि भारत लकडाउनमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .