राजनीति


ओलीको पित्तथैलीको शल्यक्रिया गर्ने तयारी

ओलीको पित्तथैलीको शल्यक्रिया गर्ने तयारी

नेपालखबर
चैत १७, २०८२ मंगलबार १९:५१, काठमाडौँ

शनिबार पक्राउ परेका ओली लगत्तै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। अस्पतालले मंगलबार जनाएअनुसार ओलीलाई अहिले 'एनेक्स–१' को शय्या नम्बर ५०१ मा राखिएको छ। उनको उपचारमा संलग्न चिकित्सकहरूको टोलीले २४ सै घण्टा निगरानी गरिरहेको छ। अस्पतालका सहायक प्रवक्ता कालीप्रसाद रोस्याराले ओलीको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको जानकारी दिए।

दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेका ओलीमा पछिल्लो समय उच्च रक्तचाप, थाइराइड हर्मोनको कमी र मुटुको धड्कन बढ्ने (ट्याकिकार्डिया) समस्या देखिएको छ। 'उहाँको मुटुको धड्कन र रक्तचापमा केही उतारचढाव देखिएको छ, जसलाई औषधिमार्फत नियन्त्रण गर्ने प्रयास भइरहेको छ,' अस्पतालले जनाएको छ।

परीक्षणका क्रममा ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी समेत देखिएको छ। सहायक प्रवक्ता रोस्याराका अनुसार उनको शारीरिक र मानसिक अवस्था स्थिर भएपछि केही दिनमा शल्यक्रिया गर्ने तयारी छ। 'अहिले उहाँको स्वास्थ्य अवस्था स्थिर छ, तर मिर्गौला र मुटुको संवेदनशीलतालाई हेरेर केही दिनपछि मात्र शल्यक्रियाको अन्तिम निर्णय लिइनेछ,' उनले भने।

अस्पताल भर्ना भएसँगै ओलीलाई भेट्न एमालेका शीर्ष नेता र शुभचिन्तकहरू शिक्षण अस्पताल पुग्ने क्रम बढेको छ तर संक्रमणको जोखिम र चिकित्सकको सुझावका आधारमा भेटघाटमा कडाइ गरिएको अस्पताल प्रशासनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad