राजनीति


एक वर्षअघि मात्र बालेनले लेखेका थिए: सरी नानु! नआत्तिनू, समय आउनेछ

एक वर्षअघि मात्र बालेनले लेखेका थिए: सरी नानु! नआत्तिनू, समय आउनेछ

प्रधानमन्त्री बालेन्द्र शाह र लुम्बिनी प्रदेश सांसद रेखा शर्मा


नेपालखबर
चैत १६, २०८२ सोमबार ९:४, काठमाडौँ

२०८१ जेठ १४ गते काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माको घरबाट एक बालिकाको उद्धार गर्‍यो। 

दाङकी निम्न आर्थिक अवस्था भएकी परिवारकी ती बालिकालाई पढाइदिने भन्दै घरमा राखेर अत्यधिक काममा लगाउने गरेको गुनासोका आधारमा महानगरपालिकाले उद्धार गरेको थियो। र, प्रदेश सांसद शर्माविरुद्ध काठमाडौँ जिल्ला प्रहरी परिसरमा जाहेरी दियो।

तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारको दबाबमा उनीविरुद्ध मुद्दा नचलाउने निर्णय भयो। जतिबेला अहिलेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) काठमाडौँ महानगरपालिकाका मेयर थिए। 

रिसाउँदै उनले २०८१ माघ २९ (२०२५ फेब्रुअरी ११) मा फेसबुकमा लेखेका थिए, ‘सरी नानु, तिम्रा पीडकका विरुद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले। नआत्तिनू। समय आउनेछ।...’

नभन्दै त्यो समय आएको छ। लुम्बिनी प्रदेश सांसद शर्मालाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad