ad ad

राजनीति


ओलीलाई बालेनको प्रश्न– ८ वर्षदेखि नाबालिगलाई हिंसा गर्ने तपाईंको सांसदलाई किन नसमाएको?

ओलीलाई बालेनको प्रश्न– ८ वर्षदेखि नाबालिगलाई हिंसा गर्ने तपाईंको सांसदलाई किन नसमाएको?

नेपालखबर
भदौ १६, २०८१ आइतबार १९:३१, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सांसद रेखा शर्माले ८ वर्षदेखि नाबालिगलाई बन्दी बनाएको विषयमा प्रश्न गरेका छन्। 

एमालेबाट लुम्बिनी प्रदेशका सांसद रहेकी शर्माले दैनिक रुपमा ती बालिकालाई कुटपिटसमेत गर्दै आएको विषयमा २ महिनादेखि महानगरले आग्रह गर्दा पनि सरकारले कारबाही नगरेको भन्दै बालेनले प्रश्न उठाएका हुन्। 

‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर एक जना नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ,’ मेयर बालेनले भनेका छन्, ‘दैनिक रुपमा कुटपिट गर्दै आउनुभएको छ। काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनू भन्दा पनि यो सरकारले समाएको छैन।’

उनले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै अघि भनेका छन्, ‘सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंको सांसद रेखा शर्मा, जसलाई बाल शोषण गरेको मुद्दा छ, समाउनलाई भन्दछ। सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .