नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग छलफल गरेकी छन्।
छलफलमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, न्याय परिषद्का सदस्यहरू, न्याय सेवा आयोगका सदस्यहरू, न्याय परिषद्का उच्च पदस्थ कर्मचारीहरू सहभागी थिए।
उनीहरूबीच न्याय परिषद् र न्याय सेवा आयोगका सम्बन्धमा छलफल भएको कानुनमन्त्रीको सचिवालयले जनाएको छ।
त्यस क्रममा परिषद् र आयोगका पदाधिकारी र कर्मचारीहरूले नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई न्याय परिषद् र न्याय सेवा आयोगको सदस्यमा स्वागत गरेका थिए।
न्याय परिषद्को कामकारबाहीलाई सुदृढीकरण गर्नुपर्ने विषयमा केन्द्रित रहेर छलफल भएको बताइएको छ।
435
Shares

प्रतिक्रिया